पोखरामा एक-दुई दिनभित्रै पर्यटन लक्षित खोपः मन्त्री कँडेल
नेपालबहस संवाददाता
साउन २५, २०७८ मंगलबार १:४८:५
२५ साउन, गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन् ।
पश्चिमाञ्चल होटेल सङ्घद्वारा आज पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’ विषयक छलफलमा उनले प्रथम चरणमा परिषद्अन्तर्गतको संघ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिए । थप खोप क्रमशः प्रदान गरिने उनले बताए ।
पर्यटन व्यवसायी र सम्बन्धित सरोकारवाला तथा विज्ञसँग बसेर आफूले पर्यटन पुनरुत्थानको योजना ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री कँडेलले कोभिडलाई लक्षित गरी प्रदेश सरकारले ल्याएको एक अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको व्यवस्था यथावत् रहेको जानकारी दिए । बाग्लुङको बलेवास्थित विमानस्थललाई सञ्चालनमा ल्याउने, हिमागृह खोल्ने, पोखराको पर्यटन बसपार्क निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याउने जस्ता विषयमा आफूले ध्यान दिएको उनले बताए ।
पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले खोपबिना पर्यटन क्षेत्र अघि बढ्न नसक्ने कुरालाई केही महिनायता उठाउँदै आएको बताउँदै न्यून मात्रामा भए पनि पर्यटन क्षेत्रका लागि खोप छुट्याइनु सकारात्मक भएको बताए । कोभिडबाट उत्पन्न परिस्थितिका कारण पोखराका २५ प्रतिशत होटेल बन्द भएको र ६५ प्रतिशत मजदुर पलायन भएको जानकारी दिँदै उनले सरकारको प्रतिबद्धताअनुरुप विद्युतमा छुटको घोषणा कार्यान्वयनका साथै अन्य राहतका कार्यक्रम अघि बढाउन माग गरे ।
कार्यक्रममा संघका सल्लाहकारहरू बच्चुराम तिवारी, हरि शर्मा गैह्रे र गोविन्दराज पहारीले कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग गरे ।
संघका निवर्तमान अध्यक्ष एवम् होटेल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सहकोषाध्यक्ष नरेशबहादुर भट्टराई लगायतले कोरोना प्रभावित पर्यटनलाई बचाउनेतर्फ ध्यान दिँदै कार्यक्रमहरू आउनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार