अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार १७:५९:८
२६ साउन, एजेन्सी । अमेरिकाको नोर्थ क्यारलाइनामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको बीबीसीले जनाएको छ ।
नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको हो ।
उक्त माछा शीप्सहेड जातको भएको समाचारमा बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुने समाचारमा उल्लेख गरिएकाे छ ।
उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः ‘शीप्सहेड’ नामकरण गरिएको हो। जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।
मुखभरि दाँत भएको माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए। स्थानीय मक्क्ल्याची न्यूजसँग कुरा गर्दै उनले उक्त माछा समात्न पाएकोमा प्रसन्नता व्यक्त गरेको बीबीसीले जनाएको छ। यो माछा निकै स्वादिलो हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार