कञ्चनपुरमा करिब ४२ हजारले मात्र लगाए कोरोना विरुद्धको खोप
नेपालबहस संवाददाता
साउन २७, २०७८ बुधबार १९:५:३६
२७ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म ९ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महीना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ कोभिशिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ गरी तीन प्रकारका खोप विभिन्न समयमा लगाइएको जानकारी दिए ।
उनका अनुसार ३० हजार २२४ जनाले कोभिशिल्ड खोप लगाएकोमा ६ हजार ७४० जनाले मात्रै पूर्ण खोप ९दुवै मात्रा० लगाएको जानकारी दिए । त्यसैगरी ३९ हजार ६९५ जनाले भेरोसेल खोप लगाएकोमा सात हजार ५७० जनाले मात्रै खोपको दुवै मात्रा लगाएको खोप प्रमुख कँुवरले बताए ।
त्यसैगरी, जोन्सन एण्ड जोन्सन खोप २७ हजार चार सय जनाले लगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ‘कोभिशिल्डको दोस्रो मात्रा साउनको अन्तिम साता आइपुग्ने बताइएको छ ।’ उनले भने, ‘भेरोसेलको दोस्रो मात्रा भदौ दोस्रो सातादेखि लगाइने तयारी छ ।’
विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कञ्चनपुरको कुल जनसंख्या चार लाख ५१ हजार २४८ रहेको छ । तीमध्ये नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस संक्रमणका कारण कञ्चनपुरमा हालसम्म १८७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
‘हामीकहाँ खोप राख्ने क्षमता दश हजार डोज मात्रै हो’, खोप प्रमुख कँवरले भने, ‘खोप राख्नका लागि नयाँ कोल्ड रुम बनाउने गृहकार्य भइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार