बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार २०:४७:२
२८ साउन, काठमाडौं । बिगतदेखि नै विवाद र अनियमितताले चर्चा कमाएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयको टोलीले आज बिहीबार संयूक्त रुपमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानविन सुरु गरेको अख्तियारले जनाएको छ ।
डीएसपी टेकबहादुर तामाङसहित अख्तियारको केन्द्रीय कार्यालयबाट पाँच जना र इटहरी कार्यालयबाट एक गरी जम्मा ६ जनाको टोलीले प्रतिष्ठानमा छापा मारेको हो । छापा मार्ने क्रममा शंका लागेका दस्तावेजहरु नियन्त्रणमा लिने काम भईरहेको छ ।
स्वास्थ्य सामाग्रीको खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा परेका दर्जनौं अनियमितताका उजुरी पछि अख्तियारले आज अचानक छापा मारेको हो ।
प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार लगायतले गरेका अनियमितता बारे पटक पटक आवाज उठने गरेको थियो । अख्तियारले यसअघि पनि उपकुलपतिसहितका दर्जनौं कर्मचारीहरुलाई पटकपटक रंगेहात पक्राउ गर्दै आएको थियो ।
जसका बारेमा अहिलेपनि विशेष अदालतमा मुद्धा चलिरहेको छ । प्रतिष्ठानकै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले समेत यसबारे आवाज उठाउँदै विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार