लुम्बिनी प्रदेश: केसीलाई मुख्यमन्त्री नियूक्त गर्न माग गर्दै दावी पेश
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार २१:३:४
२८ साउन, बुटबल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने भन्दै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलले दावी पेश गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका हुन् ।प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दावी पेश गर्न आज दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरेका थिए ।
नेता केसीले ती चार दलको समर्थन आफूलाई रहेको दावी गर्दै प्रदेश प्रमुखसमक्ष ४२ जना सांसदको लिखित हस्ताक्षरसहित दावी पेश गरेका छन् । उनी रोल्पा १ (क) बाट निर्वाचित सांसद हुन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष प्रदेशसभाको ४२ जना सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दावी पेश गरिएको जानकारी दिए। प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ ।
कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ सदस्यले सरकारका लागि दावी पेश गरेको जनाइएको छ । नेकपा (एमाले) ले भने सरकारका लागि दावी पेश नगर्ने जनाइएको छ ।
८७ सदस्य रहेको प्रदेश सभामा कारवाही र राजीनामापछि हाल ८० सदस्य मात्र बाँकी छन् । नवलपरासी पश्चिमबाट सूर्य चिह्न लिएर स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य अजय शाहीले पनि बुधबारदेखि चार दलको पक्ष लिएपछि नेकपा (एमाले) का सदस्य ३७ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार