सानिमा लाइफको शेयर बाडँफाँड, ५ लाख ४० हजार भाग्यमानीले पाए १०/१० कित्ता
नेपालबहस संवाददाता
साउन ३०, २०७८ शनिबार १९:१९:२२
३० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आईपीओमा आवेदन गर्ने पाँच लाख ४० हजार जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन् भने एक लाख बढीको आवेदन रद्ध भएको छ ।
आज शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा हालसम्मकै सर्वाधिक २४ लाख १९ हजार ८४८ जनाले आवेदन भरेका थिए ।
ती मध्ये पाँच हजार ४३४ जनाले दोहोरो आवेदन दिएका कारण र एक लाख ६ हजार २९२ जनाको अन्य कारणबाट आवेदन रद्ध भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई गत साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको थियो ।सानिमाको आईपीओमा कूल ६० लाख कित्ता शेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
कम्पनीको शेयर चौथो दिनसम्म ६.८४ गुणाले ओभर सब्सक्राइब भएको थियो । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सीडीएससीको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार