घर न घाटको हुनु भन्दा पार्टी विभाजन नै उपयूक्तः माधव नेपाल
नेपालबहस संवाददाता
साउन ३०, २०७८ शनिबार १९:४५:५९
३० साउन, काठमाडौं । पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीबिरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आएका वरिष्ठ नेता माधव नेपालले बामदेव गौतमले जस्तो ओलीको अपमान सहेर पार्टीमा नबस्ने बताएका छन् ।
उनले बामदेवतर्फ इंकित गर्दै भने, ‘बामदेव कमरेडजस्तो अपमानित भएर एमालेमा बसिरहनु पर्छ भन्ने आफूलाई नलागेको बताउँदै भाग्नुपर्ने अवस्था भयो भने पछि घर न घाटको भईने, न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ । आफू अब एमाले विभाजनतर्फ कै बाटोमा अघि बढेको उनको संकेत थियो ।
आफू अन्तिम समयसम्म पनि पार्टी एकताको पक्षमा लागेको तर त्यो सफल नहुने भएपछि पार्टी विभाजनको असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको दावी गरे । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध कहिल्यै नझुक्ने बरु अलग हुने बताएका छन् ।
दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पार्दै नेता नेपालले ओलीमा अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले एमाले पार्टीभित्र समस्या आइपरेको बताए ।
‘विकृति विसंगति चारैतर्फ देखिएकोले एमालेमा अहंकार, व्यक्तिवाद, स्वार्थ हावी बताउँदै नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि ओलीको टाङमुन छिर्ने भन्ने प्रश्न महत्वपूर्ण भएको बताए ।
पार्टीभित्र त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले निरन्तर अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार