डोटीका तीन बालिकालाई सेभ हाउसले पढाउने
नेपालबहस संवाददाता
साउन ३२, २०७८ सोमबार १७:४:३२
३२ साउन, डोटी । बाबु बितेर बिचल्लीमा परेका जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने भएको छ । केही दिन पहिले गाउँ नजिकैको जङ्लमा घास काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु भएको थियो ।
घरमा कमाइ गर्ने एकमात्र अभिभावक बुबाको केही दिन पहिले लडेर मृत्यु भएपछि बिचल्लीमा परेका तीन जना बालिकाको पढाइदेखि अन्य खर्च बेहोर्ने निर्णय गरी उद्धार गरिएको महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताए । कैलालीमा रहेको सेभ हाउसमा राखेर उनीहरुको पालनपोषणदेखि पढाइको व्यवस्था मिलाइएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए । उक्त संस्थाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा रहेका अभिभावक गुमाएर बिचल्लीमा परेका, एकल तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको उद्धार गरी पढाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार