मेलम्ची खानेपानी एक वर्ष पछाडि धकेलियो !
नेपालबहस संवाददाता
भदौ १, २०७८ बुधबार ३:१२:२६
१ भदौ, काठमाडौं । २०७८ असार १ गते निरन्तर भीषण वर्षाले गर्दा सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले त्यस क्षेत्रमा जनधनको असाधारण क्षति गर्नुका साथै मेलम्ची खानेपानी आयोजनालाई पनि अर्बौं बराबरको क्षति पुर्यायो ।
अनौठो बाढीले ग्रसित मेलम्ची खानेपानी आयोजनाको मर्मत तथा पुनर्निर्माणको काम सो आयोजनाले एक्लै गर्न नसक्ने भएकोले सम्बन्धित सबै विभाग र निकायको समन्वयात्मक प्रयासद्वारा मात्र सम्भव हुने घोषणा गरेपछि मेलम्चीको खानेपानीको प्रतिक्षामा रहेका काठमाडौं उपत्यका निवासीहरू यतिबेला निराश भएका छन् ।
मेलम्चीको पानी काठमाडौं पुर्याउने समयावधि लम्बिएर अर्को वर्ष (२०७९ मा) पुग्नसक्ने सम्भावना रहेको छ । आयोजनाको हेडवक्स : संरचनामात्र नभै त्यहाँसम्मको पहुँचमार्ग पनि पूरै क्षतविक्षत भएको छ । मेलम्ची बजारदेखि करिब २२ कि.मि.माथि अम्बाथानमा आयोजनालाई क्षति पुगेको छ ।
मेलम्ची खानेपानी समितिका अनुसार आयोजनाको संरचनामा करिब दुई अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । आयोजनामा पुगेको क्षतिका कारण पहुँचमार्ग बनाउन नै समस्या परेको र वर्षायाम नसकिएको अवस्थामा कहिलेसम्ममा काठमाडौंमा मेलम्चीको पानी वितरण सकिएला भनेर अनुमान गर्न गाह्रो भएको भनी समितिको स्रोत बताउँछ ।
विज्ञहरूले मेलम्ची नदीमा आएका दुइटा ठूला बाढीले उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको भेमाथाङ्मा थुप्रिएको र त्यो बग्नसक्ने हुनाले जोखिम बाँकी नै रहेको बताउँदै आएका छन् । मेलम्ची नदीमा डेढ महिनाको अन्तरालमा आएका दुइटा ठूला बाढीको निरीक्षण र प्रारम्भिक अध्ययन गरेपछि विज्ञहरूले अब नेपालका उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको अध्ययन आवश्यक भएको औँल्याएका छन् । खासगरी उच्चहिमाली भेगमा मानवबस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिने गरेको बताइन्छ ।
हिमताल वा हिमनदीमा हिउँ जम्नु र पग्लिनुलाई अस्वाभाविक मानिँदैन । हिउँ पग्लिँदा दीर्घकालमा ताल वा नदी भएको ठाउँको सतह माथि सर्छ । त्यस क्रममा थुप्रिएको गेगरान हिमालय क्षेत्रभरि फैलिएको बताइन्छ । मेलम्ची खोलाको माथिपट्टि देखिएको चिज त्यही (गेगरान) हो, त्यसैले एउटा ठूलो सम्भावना गेगरान सक्रिय भएको हुनसक्ने देखिएको हो, भनी स्थलगत अध्ययन गर्न गएका भूगर्भशास्त्रीहरू भन्छन् ।
पछिल्लो अवस्थाका लागि त्यस भेगमा केही समयदेखि माथिपट्टिको हिउँले ढाक्ने सतहबाट खुइलिँदै तलपट्टि आउन थालेको, त्यसैबीच भूकम्पले चिरा पारेपछि गेगरानको रासभित्रैसम्म छिरेको पानीले त्यो कमजोर सतहलाई अझ चलायमान गराएको हुनसक्ने उनीहरूको अनुमान छ । अहिलेको ढुङ्गा, बालुवा र माटो मिसिएको लेदो बाढीको स्रोतको रूपमा पहिचान भएको ठाउँ भेमाथाङसम्मै २००–३०० वर्षपहिला हिमरेखा पुगेको हुनसक्ने विज्ञहरू बताउँछन् ।
विज्ञहरूले सिन्धुपाल्चोकको माथिल्लो क्षेत्र धेरै पानी पर्ने भेग भएको बताएका छन् । तर पनि त्यहाँ वर्षा र बाढी मापन गर्दै तल्लोतटीय क्षेत्रमा सजग गराउन सक्ने जलवायुसम्बन्धी उपकरण नगण्य नै छ । अहिले गेगरानयुक्त बाढीको स्रोतको रूपमा देखा परेको भेमाथाङ पहिला विस्फोटन भएको भनिएको हिमतालबाट झन्डै ६ किलोमिटर तलपट्टि पर्छ । उक्त घटनासँग पछिल्लो भूकम्पको सम्बन्ध कति छ भन्ने थाहा भइनसके पनि २०७२ सालपछि त्यस क्षेत्रमा पहिरोको क्रम बढेको देखिएको छ ।
मेलम्ची खानेपानी सुचारु गर्नमा देखिएको अनिश्चिततासँगै लागत थप हुने त छँदैछ, पुनर्निर्माणको बहानामा हुने भ्रष्टाचारलाई इन्कार गर्न सकिन्न । सो आयोजनाको सुरक्षाको लागि पनि समग्र लामटाङ् हिमालय क्षेत्रको भौगर्भिक अध्ययनको आवश्यकता भएको विज्ञहरूले औंल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
माघ ८, २०८१ मंगलबार
म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार