हरिनास गाँउपालिकामा अनियमितताकोे आशंका
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार १९:४२:३०
श्रीकृष्ण सिग्देल,
२ भाद्र, स्याङ्जा । स्थानीयले जनप्रतिनिधि र कर्मचारीबाट भएको अनियमितताका बारेमा अख्तियारमा उजुरी गरेपनि खासै अनुसन्धान गरेको बिषय बाहिर आएका छैनन् ।
आफ्नो पालिकामा विकास गतिविधि र यसमा भएको आर्थिक पार्दशिताबारे जानकारी पाउने अधिकार नागरिक सगँरहेको छ । नेपालको संविधानले हरेक सरकारी कार्यालय देखि स्थानीयतह सम्मको आर्थिक फेरहिस्ता नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । अहिलेका जनप्रतिनिधि खासै नागरिकलाई हिसाब किताब सार्वजनिक त हैन सिधा रुपले पनि भन्न चाहदैनन् । यस्तै गुनासाहरु सामाजिक सञ्जाल देखि भौतिक सहभागितामै पोखेको देख्न सकिन्छ ।
यस्तै घट्नाको साक्षी बनेको उदाहरण अहिले हरिनास गाँउपालिकामा देखिएको छ । हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले हरेक योजनामा आफै मनोमानी गर्दै करोडौ रकम चलखेल गरेको आरोप लगाउदै स्थानीयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा पुगेका छन् ।
स्याङ्जाका केही स्थानीयतहको अनियमितााको छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेपनि हरिनास गाँउपालिकाको उजुरीलाई चासोको बिषयले हेरेको अख्तियारको भनाई छ । पटक पटक स्थानीयले उजुरी दर्ता गर्न थालेपछि पोखरा स्थित अख्तियारले पनि सो सम्वन्धमा चासो बढेको जनाएको हो ।
यो गाँउपालिकाको उजुरी पटकै पिच्छे आएको देखिन्छ पोखरा स्थित अख्तियार कार्यालयका सुचना अधिकारी मेघनाथ रिजालले भने,‘उजुरी बढ्दै जानु भनेको अनियमिताको भएको शंका हुनु हो ।’ हामी छानविनको प्रक्रिया मै छौ र निष्कर्षमा जादै पनि छौ उनले भने । सडक, गाँउपालिका भवन निर्माण, भ्युटावर निर्माण, खानेपानी लगायतका बिषयमा अध्यक्ष मानन्धरले मनोमानी गरी आर्थिक चलखेलको आरोप लगाउदै पोखरा स्थित अख्तियारमा उजुरी दर्ता गरेका थिए । अख्तियारमा दुई बर्षमा गरी दर्जनौ योजनामा अपादर्शिता रुपले
काम भएको भन्दै स्थानीयले उजुरी दिएका छन् । अख्तियार मात्रै नभएर अध्यक्ष मानन्धरको सम्पती छानविनको माग गर्दै सम्पती शुद्धिकरण आयोगमा समेत यजुरी दिने तयारीमा रहेको स्थानीयले बताएका छन् । यस बिषयमा अध्यक्ष मानन्धरले आफुले सबै गाँउपालिकावासी सगँ छलफल र समन्वकारी भुमिकामा बिकासे आयोजना सम्पन्न गर्दै आएको दावी गरेका छन् ।
आफुबाट कुनै अनियमिता भएको भए कारवाहि भोग्न तयार रहेको भन्दै अध्यक्ष मानन्धरले राजनीतिक प्रतिशोधमा दुख दिने गरेको आरोप लगाए । पोखराको अख्तियार कार्यालयमा पछिल्लो समय स्थानीयतहका उजुरी धेरै आउन थालेको सुचना अधिकारी रिजालले बताए ।
कतिपय उजुरी राजनीतिक प्रतिशोध, रिसिबी साध्न दुख दिने खालका छन् भने कतिपय अलि गम्भिर प्रकृतिका रहेको रिजालको भनाई छ । नयाँ आर्थिक बर्ष शुरु भएसगै अख्तियारले पनि आफ्नो काम कारवाहि अगाडी बढाउन थालेको
बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार