गण्डकीका मन्त्रीलाई आचारसंहिता, बाहिर जाँदा पनि मुख्यमन्त्रीलाई जानकारी गराएरमात्र जानुपर्ने !
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार २०:३१:५३
२ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा एकअर्का बीचमा राजनीतिक हैसियत समान भएपनि प्रदेश सरकारमा सहभागी भएपछि सबै मन्त्रीहरू मुख्यमन्त्रीको अधीनस्थ हुनुपर्ने गरी सरकारले आचार संहिता बनाएको छ ।
सरकारका कामलाई प्रभावकारी र जनमुखि बनाउने उद्देश्यले मन्त्रीलाई आचार संहिताभित्र बाँध्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । मन्त्रिपरिषदले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्ने नपाउने उल्लेख गरिएको छ । त्यस्तै कास्की बाहिर जाँदा पनि मुख्यमन्त्रीलाई जानकारी गराएर मात्र जानुपर्ने जनाइएको छ ।
अधिकांश बुँदाहरू यसअघिकै सरकारले बनाएको संहितासँग मिलेको छ । मन्त्रीहरूले प्रदेश राजधानी ‘पोखरा’ छोड्दा वा विदेश भ्रमण जानुपर्दा मुख्यमन्त्रीको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यतिमात्र होइन, भ्रमणको बेला राष्ट्रको नाममा प्राप्त दान, पुरस्कार वा उपहार प्रदेश सरकारलाई बुझाउनुपर्ने नियम पनि बनाइएको छ । यस्तै, सम्भव भएसम्म स्वदेशी र वातावरणमैत्री उत्पादन प्रयोग गर्नुपर्ने, कर्मचारीलाई काम गर्दा राजनीतिक दबाब दिन नमिल्ने, सरकारको नीति तथा कार्यक्रम प्रवक्तामार्फत मात्रै सार्वजनिक गर्ने लगायत व्यवस्था छ ।
पदीय मर्यादा र अख्तियारको दुरुपयोग गरी बदनियतपूर्वक काम गर्नेलाई कारबाही गर्नुपर्ने, सरकारी स्रोत‚ साधन निजी र पारिवारिक काममा लगाउन नमिल्ने, विषयलाई असर पर्नेगरी दान, उपहार लिन नमिल्ने बुँदा पनि आचारसंहितामा उल्लेख छ ।
सबै मन्त्रीहरूले मुख्यमन्त्रीको निर्देशन पालना गर्नुपर्नेछ । उनीहरुले संविधानअनुसार आम नागरिकको अपेक्षालाई ध्यानमा राखी काम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार