सशस्त्र प्रहरीको जनशक्ति थप्न सरकार गम्भीर
नेपालबहस संवाददाता
भदौ २, २०७८ बिहिबार १:५:१७
२ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनसुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् ।
काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनले जनशक्तिको वृद्धि, स्रोत साधन र क्षमतावान बनाउन नेपाल सरकार गम्भीर रहेको र सशस्त्र प्रहरी हरेक क्षेत्रमा काम गर्नका लागि एक्लै छैन भनेर विश्वास दिलाए । मन्त्री खाँणले आगामी दिनमा अझै थप जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्ने आशा व्यक्त गरे ।
“सशस्त्र प्रहरीलाई साधन स्रोतयुक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि गृहमन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु”, मन्त्री खाँणले भने। उनले अझै पनि कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेकाले आम नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको बताए ।
जनताको जीवन रक्षाका लागि अझै गम्भीरतापूर्वक लाग्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए। मन्त्री खाँणले नेपाली जनताको जीवन रक्षा पहिलो दायित्व भएकाले सरकार जनताको समस्याबाट टाढा जान नसक्ने स्पष्ट पारे । उनले भने, “आम नागरिकको जीवन रक्षा गर्नु हामी सबैको पहिलो दायित्व हो, त्यसैले नेपालका सबै सुरक्षा निकायले गम्भीरताका साथ पहल गर्नुपर्छ ।” उनले कोरोना महामारीलगायत विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायतले खेलेको भूमिकाको सराहना व्यक्त गरे । मन्त्री खाँणले मुलुकमा अझै पनि कोरोनाको तेस्रो लहरको खतरा रहेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए ।
मन्त्री खाँणले भरोसा र विश्वासिलो सुरक्षा बल सशस्त्रले मुलुक र जनताको सुरक्षाका लागि खेलेको भूमिको प्रशंसा गरे । विषम पस्थितिमा पनि भूखण्डताको रक्षाका लागि हिउँ, धुलो, पानी नभनी कर्तव्य निर्वाहमा खटिने प्रहरी कर्मचारीको योगदानको उनले सराहना व्यक्त गरे ।
गृहमन्त्री खाँणले सशस्त्र प्रहरीले नेपाली जनता र नेपालको रक्षाका लागि दृढताका साथ सक्रिय भएर तस्करी र लागुपदार्थ ओसारपसार नियन्त्रणमा अहम भूमिका खेलेको तथा राजस्व चुहावट कमी गर्न र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गरेको बताए ।
सीमित साधन र स्रोतका बीच जनताको सुरक्षामा कर्तव्य निर्वाह विश्वमै सराहनीले काम गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले हरेक क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले उत्तिकै भमिका खेलेको छ भने । उनले दुर्घटना हुँदा उद्धार र मानिसको जीवन बचाउने सन्दर्भमा सशस्त्रले अब्बल उपस्थिति जनाएर उल्लेखनीय काम गरेको पनि बताए । राष्ट्रिय गौरवका आयोजनाको सुरक्षा तथा हिंसात्मक गतिविधि नियन्त्रणमा पनि सशस्त्रको भूमिका महत्वपूर्ण छ भने ।
नेपाल विरोधी कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिँदै उनले नेपाल पञ्चशीलको सिद्धान्त र असंलग्न नीतिमा विश्वास गर्ने भएकाले नेपालको तटस्थताको भूमिकामा आँच आउन नहुनेमा जोड दिए । उनले अझै ठोस नीति र कार्ययोजनाका सथ अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन पनि दिए ।
गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् उद्धार, कोभिड–१९ महामारी व्यवस्थापनलगायत विविध जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले पुर्याएको योगदानको प्रशंसा गरे ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचार, मानवअधिकार उल्लङ्घन तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए । महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्धारमा सशस्त्र प्रहरीले योगदान गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार