कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज ?
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार २२:२:३१
३ भदौ, काठमाडौं । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौदर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ ।
प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु , रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाल लगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् ।
विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।
सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए । कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्ड समेत आयोजना हुनेछ ।
शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । आश्विनी नेपालका चर्चित तथा सबै भन्दा व्यास्त कोरियोग्राफर हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार