जनस्वास्थ्य विधेयकमाथि दफाबार छलफल
नेपालबहस संवाददाता
भदौ ३, २०७८ शुक्रबार ५:११:३२
तोलाकान्त बगाले
२ भदौ, वालिङ । वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि आज दफाबार छलफल भएको छ । पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
पहिलो चरणमा आज छलफल गरिएको र थपघट गर्नुपर्ने बुँदाहरुलाई संशोधन र परिमार्जनसहित कार्यपालिका बैठकबाट पारित गरी नगरसभामार्फत ऐनकोरुपमा अगाडि बढाईने नगर प्रमुख खाँणले बताए ।
जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण पक्ष र विषयलाई विस्तृतरुपमा समेटिएको नगर प्रमुख खाँणले बताए । नगर प्रमुखसहित विधायन समिति, सामाजिक विकास समिति तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिनका लागि सहजीकरणको भूमिकामा रहेको पब्लिक पोलिसी पाठशालालाई सुझाव दिईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।
विधेयकलाई आगामी पुसमा हुने नगरसभामार्फत पारित गरेपछि राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार