वालिङका नागरिकलाई सुरक्षित घर फर्काउन पहल गरिरहेका छौं : नगर प्रमुख खाँण
नेपालबहस संवाददाता
भदौ ३, २०७८ शुक्रबार ५:१७:३
तोलाकान्त बगाले
२ भदौ, वालिङ । अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षितरुपमा घर फर्काउनका लागि वालिङ नगरपालिकाले पहल थालेको छ । वालिङका नागरिक रोजगारी वा अन्य कुनै कामको शिलशिलामा अफगानिस्तान पुग्नुभएको भए नगरपालिका कार्यालयमा सूचना गरी सहयोग गरिदिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगर प्रमुख दिलीपप्रताप खाँणद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार वालिङका केही नागरिकहरु सुरक्षितरुपमा घर फकिसकेका छन् भने केही नागरिकहरु विभिन्न संस्थाको सहयोगमा सुरक्षितरुपमा रहेकाे जनाएका छन् ।
घर फर्कन चाहेर पनि अलपत्र परेको कोही वालिङका नागरिक अफगानिस्तानमा भएको भए नगरपालिका कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गदैै नगर प्रमुख खाँणले त्यहाँस्थित राजदूताबास तथा अन्य संघ संस्थाहरुलाई उद्दारका लागि आवश्यक पत्राचार गर्ने बतए ।
“वालिङ नगरपालिकाका कति जना नागरिकहरु अफगानिस्तानमा हुनुहुन्छ भन्ने यकिन छैन” प्रमुख खाँणले भने, “यकिन भयो भने उद्दार कार्यका लागि सहजता हुने भएकाले सम्बन्धितहरुलाई सूचनाका लागि अनुरोध गरिएको हो, सूचना आउने क्रम जारी रहेको छ ।”
वालिङ नगरपालिकाका हालसम्म तीन जना सम्पर्कमा आउनुभएकामध्ये एकजना सुरक्षितरुपमा नेपाल आईसकेका छन् भने अन्य दुई जना युएडिपी र युनिसेफको कार्यालयमा सुरक्षित रहनुभएको नगर प्रमुख खाँणले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार