गोरेटो बाटोसमेत नभएको ठाउँमा झोलुङ्गे पुलले यात्रामा सहज
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार १४:९:४३
४ भदौ, रुकुम ‘पूर्व’ । पुथाउत्तरगङ्गा गाउँपालिका–२ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । वडा नं ५ को काजरजङ्ग र वडा नं २ को पेल्मालाई जोड्ने गरी तीपै दोभान खोलामा २१० मिटर लामो पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको छ ।
यसभन्दा अगाडि हिँड्नलाई गोरेटो बाटोसमेत नभएको उक्त ठाउँमा पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको त्यहाँका नागरिकले बताएका छन् । भौगोलिक हिसाबले पनि विकट र अहिलेसम्म सडक सुविधा नपुगेको उक्त ठाउँमा निकै कष्टपूर्ण तरिकाले पुल निर्माण गरिएको हो ।
तीपै दोभान खोला तर्दाको जोखिम र समस्यालाई मध्यनजर गर्दै पुल निर्माण भएपछि वडा नं २ का बासिन्दालाई ठूलो राहत मिलेको नेकपा ‘माओवादी केन्द्र’का लुम्बिनी प्रदेश कमिटी सदस्य पुनीराज घर्तीले बताए । उनका अनुसार यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए । काठेपुल भए पनि यात्रा गर्न सबैका लागि सहज थिएन ।
गारेटो बाटोसमेत नभएकाले वडावासीले गाउँपालिका केन्द्र, सदरमुकाम आउनका लागि वडा नं १ मैकोटबाट घुमेर मयाङ हुँदै आउने गरेका थिए । अहिले पुल निर्माण भएपछि भने वडावासी सिधै काजरजङ्ग पुगेर तकसेरा पुग्न सक्ने घर्तीले बताए ।
सडक पनि नपुगेको उक्त ठाउँमा घोडा, खच्चडबाट र मानिस आफैँले बोकेर नयाँबजारबाट पुल निर्माणका सामग्री ओसारेका थिए । उक्त पुल निर्माणको जिम्मा हिमशिखर निर्माण सेवाले रु एक करोड ८० लाखमा लिएको थियो ।
गत वर्षको भदौबाट सुरु गरिएको पुल निर्माण केही समय अगाडि सकिएको थियो । यस्तै तीपै दोभान खोलाको पुलसम्म पुग्नका लागि वडा नं ५ काजरजङ्गको काखोलामा १३० मिटर लामो पुल पनि निर्माण गरिएको छ । सोही निर्माण सेवाले रु ८७ लाखमा उक्त पुल निर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार