केराखेतीमा रोग र किराको प्रकोप, कृषक चिन्ति
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार १४:२६:६
४ भदौ, गलेश्वर । यहाँ व्यवसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।
व्यवसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित बनाएको हो ।
करिब १५ रोपनीको जग्गामा व्यावसायिक केराखेती गरेका खबराका कृषक राजकुमार घिमिरेले व्यवसायिक केराखेतीमा रोग र किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गरे । उनले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताए । खबराका सिङ्गो गाउँका कृषक नै केराखेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनले जानकारी दिए ।
कूल २२० घरधुरी रहेको खबराका अधिकांश कृषक व्यावसायिक केराखेतीमा संलग्न छन् । वर्षेनी केराखेतीतर्फ खबराका कृषकको आकर्षण बढ्दै जान थालेको छ । यस वर्ष कोरोना भाइरसका कारण जारी लकडाउन र सलह जातको किराले दुःख दिएको अवस्थामा केराखेतीमा फेरि रोगको प्रकोप देखिएपछि कृषक थप चिन्तित बनेका हुन् । खबरामा हजारिया जातको केराको उत्पादन अत्यधिक हुन्छ । यसका साथै नङ्ग्रे, मालुङ्गे, धुर्सेजस्ता केराको उत्पादन हुने गरेको कृषक बताउँछन् ।
खबरामा व्यावसायिक केराखेतीसँगै किबी, अम्बा, कटहर, कागतीलगायत फलफूलको उत्पादन हुँदै आएको छ । यस वर्ष केराखेतीमा रोगको प्रकोप देखिएकाले कृषक समस्यामा परेको खबराका अर्का कृषक भूमिराज घिमिरेले बताए । यहाँका कृषकले व्यावसायिकरूपमा केरा तथा फलफूल खेती गरेका कृषकलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार