आज जनै पूर्णिमा: के हो जनै ? किन लगाउने ?
चन्द्रमणि गौतम
भदौ ६, २०७८ आइतबार ९:५०:४३
६ भदाै, काठमाडाैं । जनै ‘हिन्दीमा ‘जनेऊ’’ लाई शास्त्रीय भाषामा यज्ञसूत्र वा यज्ञोपवित वा ब्रम्हसूत्र र यसबाहेक भारतीयहरूले बलबन्ध वा मोनीबन्ध पनि भन्ने गर्छन् । नेपालका ‘तागाधारी’ जाति ‘ब्राम्हण, क्षेत्रीय, ठकुरी, नेवार, कतिपय दलित’ ले ब्रतबन्ध ‘उपनयन’ वा ठेट उच्चारणमा ‘वर्तमन’’ कर्म गरेपछि जनै लगाउँछन् ।
धर्मशास्त्रमा यम–नियमलाई व्रत मानिन्छ । बालकको आयुवृद्धिका लागि गायत्री तथा वेदपाठको अधिकारप्राप्त बन्न उपनयन ‘जनैधारण’ संस्कार अत्यन्त आवश्यक हुन्छ । उपनयन वा ब्रतबन्ध भनेको ब्रह्म ‘ईश्वर’ र ज्ञानको ‘सन्निकट पुर्याउनु’।
हिन्दू धर्मका २४ संस्कार ‘१६ वटा मूख्य संस्कार र ८ वटा उपसंस्कार’ मध्ये उपनयन मूख्य संस्कार हो । शारीरिक रुपमा जन्मेको बालक जनै लगाउन पाएपछि ज्ञानको संसारमा दोस्रोपटक जन्मेको ‘द्विज’ कहलाइन्छ । शारीरिक जन्मलाई सार्थकता दिने विद्या होस त्यसका लागि ढोका खोलिदिने कर्म ब्रतबन्ध हो र जनै अध्ययन, चिन्तन, ब्रम्हतत्व जान्न योग्य भएको आधार हो भनिन्छ । ब्रतबन्ध गरेपछि बटुक (बालक) लाई यज्ञ, गुरुकुलमा अध्ययन वा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ ।
हिन्दु धर्मको मान्यता छ, “जन्मना जायते शूद्रं संस्कारो द्विज उच्यते । वेदाभ्यासी भवेत् विप्र ब्रम्ह जानाति ब्राम्हणः।।” अर्थात जन्मदा सबै मानिस संस्कार नभएका शूद्र नै हुन्छन् । जन्मपछि गरिएका संस्कारद्वारा द्विज बन्दछन् । वेदको गहन अध्ययन गरेपछि, विप्र र ब्रम्हतत्व के हो ? भन्ने राम्रोसँग बुझेपछि सबै मानिस ब्राम्हण बन्दछन्।
यसमा ९६ अंगुल हुनुपर्ने, यो भनेको ६४ कला र ३२ विद्याको योग हो । ३२ विद्यामा चारवटा वेद, चारैवटा उपवेद, छःवटा अंग, छः वैवटा दर्शन, तीनवटा सूत्रग्रन्थ र नौ प्रकारका अरण्यक मिलाएको हो । ६४ कलामा आभूषण, वास्तु आदिको निर्माण, पाककला, चित्रकला, साहित्य, भाषा, सिलाई, बुनाई, मूर्ति वा बुट्टा भर्ने, कृषि तथा पशुपालन आदि पर्दछन् ।
दीक्षा दिने प्रचलन वैदिककालमा ऋषिहरूले स्थापित गरेका हुन् । ऋषि परम्परा अनुसार दीक्षाहिन कोरा बालकलाई शिष्यद्वारा ब्राह्मण बनाउन गुरुकुलमा गुरुद्वारा दीक्षा दिइन्थ्यो । हिन्दु दर्शनमा दीक्षा दिनु भनेको दिशाहीन जीवनलाई दिशा दिनु र लक्ष–चिन्तन गराउनु हो । वास्तवमा दीक्षा एक शपथ, एक अनुबन्ध र एक संकल्प हो ।
जनै जिम्मेवारीको प्रतीक हो । जनैका धागाहरू र त्यसमा बनाईने बन्धन ‘गाँठा’ मध्ये तीनसूत्रले त्रिमूर्ति ‘ब्रह्मा, विष्णु र महेश’ को प्रतीकात्मक रुपमा देव–ऋण, पितृ–ऋण र ऋषि–ऋण बुझाउँछ । साथै गायत्री मन्त्रका तीनचरणका प्रतीक पनि हुन् ।
जनै बनाउन धागो बाट्नेदेखि धागो मिलाउने, शिखा पार्ने, अनिमात्र जनैपूर्णिमाकै मुहूर्तमा लामो अनुष्ठानका साथ होम तथा यज्ञको मन्त्रद्वारा प्रतिष्ठापित गरिन्छ । त्यसैले वास्तविक जनै बनाउन लामो झन्झट छ । यसमा ९६ अंगुल हुनुपर्ने, यो भनेको ६४ कला र ३२ विद्याको योग हो । ३२ विद्यामा चारवटा वेद, चारैवटा उपवेद, छःवटा अंग, छः वैवटा दर्शन, तीनवटा सूत्रग्रन्थ र नौ प्रकारका अरण्यक मिलाएको हो । ६४ कलामा आभूषण, वास्तु आदिको निर्माण, पाककला, चित्रकला, साहित्य, भाषा, सिलाई, बुनाई, मूर्ति वा बुट्टा भर्ने, कृषि तथा पशुपालन आदि पर्दछन् ।
बजारमा आम्दानी र मुनाफाको लागि बेचिने जनै वास्तबमा जनै नै होइन, सामान्य धागो हो । चीनबाट पनि जनै आयात हुन थालेको छ रे ! जनैमा चाबी, औंठीजस्ता चिज झुन्ड्याउनेहरू पनि छन् । कुनै चिज झुन्ड्याएपछि जनैको पवित्रता र मर्यादा नै रहँदैन र जनै लगाउनुको सार्थकता नै हुँदैन । कर्मकाण्डी र अन्धविश्वासी बाहुनहरूले नै जनैको पवित्रता कायम राख्न सकेनन् । अनि के भन्नु !
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार