सिमलचौपारी र फुटेढुंगाका एकसय घरधुरीमा एक घर–एक धारा
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार १२:५७:८
◊ तोलाकान्त बगाले
७ भदौ, वालिङ । ब्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एकसय घरधुरीमा एक घर–एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो ।
वालिङ नगरपालिकाको रु. ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु. ९ लाख ५० हजार गरी कूल रु. ४० लाखको लागतमा तीनवर्षमा खानेपानी योजना सम्पन्न भएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताए ।
“ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो” वडा अध्यक्ष लम्सालले भने, “वडामा हामीहरु निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम ग¥यौं र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।”
झल्र्याङ्दी मुलबाट करीब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारी गैह«ामा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीँमार्फत घर–घरमा पानी वितरण गरिएको वडा अध्यक्ष लम्सालले बताए ।
स–साना मुलबाट टुक्राटुक्री पाईपहरु जोडेर केही घरले पानी खाने गरेपनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुंगा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताए ।
“योजना सम्पन्न हुनुपूर्व यस ठाउँमा खानेपानीको निक्कै समस्या थियो, स्रोतहरु कम थिए” समितिका अध्यक्ष रेग्मीले भन्नुभयो, “ठूलो मुलबाट ठूलो मात्रामा पानी ल्याएपछि अहिले खानेपानीका लागि दैनिक खर्चनुपर्ने समयको वचत हुनुकासाथै पहराभित्रबाट आएको पानी शुद्ध र प्रर्याप्त भएको छ ।”
स्थानीयले प्रतिघर रु. पाँच हजारका दरले रकम संकलन गरी मुल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रति घरपरिवार मासिकरुपमाप रु. ६० संकलन गरिएको छ । जसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक र मर्मत सम्भारकालागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताए ।
खानेपानीको जोहोका लागि कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिड्नुपर्ने अवस्थाको अन्त्य भएसँगै यहाँका स्थानीयहरु घर–घरमै धारा जडान भई खानेपानीको सहज पहुँच पुगेपछि हर्षित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार