वालिङका बाढीपीडितलाई उपप्रमुख तिवारीमार्फत राहत वितरण
नेपालबहस संवाददाता
भदौ ७, २०७८ सोमबार २१:३१:५५
७ भदौ, स्याङ्जा । वालिङ नगरपालिकाभित्र रही प्राकृतिक विपत्तीमा परेका पीडितलाई राहत वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाको अनुरोधमा एशोसिएसन अन्नपुर्ण नेपाल स्वीस नामक संस्थाले प्राकृतिक विपत्तीमा परेका पीडितहरुलाई राहत सहयोग गरेको हो ।
बाढीपहिरोबाट घरवारबिहिन, विस्थापित र अति विपन्न २५ घरपरिवारलाई चामल, दाल, नुन र तेल राहत सहयोग वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ वालिङ नगर समितिका अध्यक्ष कमलप्रसाद गैहे्रले जानकारी दिए । मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने नारा बोकेको एशोसिएसन अन्नपुर्णले गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोबाट बिस्थापित भएका पीडितलाई राहत वितरण गर्ने क्रममा स्याङ्जा आइपुगेको बताएको छ ।
वालिङ नगर उपप्रमुख कल्पना तिवारीको रोहवरमा संस्थाले नगरभित्र रहेका बाढीपीडितलाई राहत वितरण गरेको थियो । प्राकृतिक विपत्तीमा परिवारसहित घर गुमाएका पीडितलाई राहत वितरणले केही हदसम्म भएपनि गर्जो टरेको उपप्रमुख तिवारीले बताइन् । वालिङ नगरपालिकाले पनि बाढीपीडित नागरिकलाई खाद्यन्न, स्वास्थ्य र बासको व्यवस्थापन गरेको जानकारी दिदै उपप्रमुख तिवारीले प्राकृतिक विपत्तीमा वालिङ नगरपालिकाले ठुलो क्षती व्यहोरेको बताइन् ।
प्राकृतिक विपत चाहेर आउने होइन उपप्रमुख तिवारीले भनिन्, ‘यसको सामाना गर्ने सामाथ्र्य हामीसँग हुनुपर्छ ।’ दुखको बेला राहत आवश्यकता परेपनि बिस्तारै नयाँ जीवनमा फर्कन हाम्रो पनि कर्तव्य हुनेछ उनले भनिन् । पीडितलाई राहत सहयोग गर्ने संस्था र समन्वय गर्ने वन उपभोक्ता संस्थालाई तिवारीले धन्यवाद दिइन् ।
राहत वितरणमा वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्य ऋषिराम काफ्ले, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, समाजसेवी भुपराज वगाले, महासंघका उपाध्यक्ष दिपेन्द्र गैहे, संस्थाका अञ्जली क्षेत्री र सन्तोषी जिसी लगायतले विपतमा परेका नागरिकलाई सहयोग गर्नु नै धर्म भएको बताएका थिए ।
वालिङ नगरपालिकाका हरेक वडाका बाढीपीडितलाई राहत वितरण गरिएको थियो । वालिङ १ मा ५ जना, २ मा २ जना, ८ मा ४ जना, ९ मा १ जना, १० मा १ जना, १३ मा ३ जना, १२ मा १ र १४ वडामा ७ जनाले राहत पाएका हुन् । गतबर्ष वालिङ नगरपालिकामा मानविय क्षतीसहित दर्जनौ घरवारविहिन भएका थिए । एसोसिएसन अन्नपुर्ण संस्थाले मानव सेवामार्फत आमाबुवा गुमाएका वालवालिकालाई लालनपालन र अध्ययन गराउँदै सडक बालवालिकाको सेवारत काम गर्दै आएको संस्थाका सहसंचालक श्यामलाल रोकाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार