एनआरएनएलाई लाग्यो चुनावः बद्री केसी प्यानलबाट को को छन् उम्मेद्वार ?
नेपालबहस संवाददाता
भदौ ७, २०७८ मंगलबार ०:४०:१
७ भदौ, काठमाडौं । प्रत्येक दुई वर्षमा हुँदै आएको प्रवासी नेपालीहरुको छाता संगठन गैह्रआवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सरगर्मी शुरु हुन थालेको छ । एनआरएनए) को विश्व सम्मेलन नजिकिदै जाँदा चुनावको सरगर्मी पनि एकाएक बढेको हो ।
आगामी कात्तिक ६ देखि ८ गतेसम्म (अक्टोबर २३ देखि २८ सम्म) संघको १० औँ विश्व सम्मेलन गर्ने निर्णय भैसकेको छ । यसपटक एनआरएनएको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय भएको छ । विश्वका ८३ देशमा ८० हजारको हाराहारीमा एनआरएनएका सदस्य रहेका छन् ।
यसअघि विश्व सम्मेलनको नाममा करौँडो खर्चिँदै आएको एनआरएनएले यसपटक भने परम्परा सच्याएको छ । नेपालका तारे होटलमा हुँदै आएको सम्मेलनका क्रममा होटलमा विवाद, होहल्ला र तोडफोडको घटनासमेत बाहिरिने गरेका थिए । २०७६ असोजमा भएको विश्व सम्मेलनका क्रममा प्रतिनिधिले होटल हायातको फर्निचर नै तोडफोड भएपछि एनआरएनएको चर्को आलोचना भएको थियो ।
राजनीतिक पार्टीको आशीर्वादमा अघिल्लो पटक कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेका थिए । यसपटक पनि एनआरएनएको अध्यक्ष पदमा कांग्रेससहितको वर्तमान गठबन्धनका तर्फबाट कुल आचार्य, एमालेको केपी ओली समुहबाट हालका उपाध्यक्ष बद्री केसी चुनावी मैदानमा भीड्ने भएका छन् ।
एनआरएनएको नेतृत्व लिन कस्सिएका आचार्य र केसीले निकै अगाडिदेखि नै तयारी गरेको कारण टीम नै बनाई सकेका छन् । उनीहरु यतिबेला चुनावकै सन्दर्भलार्य लिएर नेपाल आएका छन् । उनीहरुले अन्तिम नाम छनोट गर्न मात्रै बाँकी रहेको दुवै उम्मेद्वारका निकट सहयोगीहरुले बताएका छन् ।
आगामी निर्वाचनबाट एनआरएनएको नेतृत्व लिने दौडमा रहेका केसीको टीमबाट महासचिवको उम्मेद्वार टुंगो लागिसकेको छ । केसी टीमबाट महासचिवमा अमेरिकाका गौरीराज जोशी र महिला उपाध्यक्षमा साउदी अरबकी एसमिन बेगम उम्मेद्वार बन्ने पक्का भएको छ । केसी निकटहरुले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार महासचिव र महिला उपाध्यक्षको टुंगो लागेसँगै उपाध्यक्षदेखि पदाधिकारीको लगभग नाम तय भएको छ ।
आगामी निर्वाचनमा एमाले सर्मथक बद्री केसीको टीमबाट उपाध्यक्षमा बेल्जियमका अर्जनु श्रेष्ठ, अष्ट्रेलियाका धर्मराज अधिकारी, ओमनका डीबी क्षेत्री, वर्तमान महासचिव युकेका डा. हेमराज शर्मा, जापानका महेश श्रेष्ठ, कतारका आरके शर्मामध्ये चार जनालाई उम्मेद्वार बनाउने योजना रहेको बताइएको छ ।
कुल ६ उपाध्यक्षमध्ये चार जनामा उल्लेखित व्यक्तिहरु रहने र दुई उपाध्यक्ष युवालाई ल्याउने योजना रहेको केसी निकट टीमको भनाई छ । दुई उपाध्यक्षमा युवाहरु जाम्बियाका रोशन थापा, नेदरल्याण्डका हिमाल गुरुङ, अष्ट्रेलियाका स्वतन्त्रप्रताश शाह र जापानका सुदन थापामध्ये नाम छनोट गर्ने केसी टीमको योजना छ ।
यस्तै कोषाध्यक्षमा बेल्जियमका लोक दाहाल, रसियाका गोबिन्द गौतम, युकेका सोम सापकोटा, कोरियाका देवी बस्नेत र जापानका ओम गुरुङमध्ये अन्तिम नाम छनोट गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार