तनहुँमा एक साता थपियो निषेधाज्ञा, सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १७:९:५२
८ भदौ, तनहुँ । तनहुँमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसअनुसार मंगलबारदेखि सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू भएको हो ।
गतेअनुसार जोर–बिजोर प्रणालीमा सवारी चल्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र सवारी चलाउने समय तोकिएको छ । सिट क्षमताअनुसार स्वास्थ्यको मापदण्ड पालना गरेर सवारी चलाउनुपर्ने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
यस्तै, जिल्लामा पुरानै मोडालिटीमा फेरि एक साता निषेधाज्ञा लम्बिएको छ । सोमबार राति १२ बजेदेखि पछिल्लोपटक जारी गरिएको निषेधाज्ञाको समय सकिएको थियो । भदौ १४ गते राति १२ बजेसम्मका लागि फेरि निषेधाज्ञा थपिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । हाल कोरोना संक्रमणदर स्थिर रहेकाले एक साता लकडाउन थप गरेको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले तरकारी, फलफूल, खाद्यान्नलगायतको अत्यावश्यक वस्तु र सेवा खरिद बिक्री हुने व्यवसायलाई बिहान ५ देखि ११ बजेसम्म सञ्चालनको अनुमति दिएको छ । सेवा तथा वस्तुको व्यवसाय बिहान १२ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । यसअगाडि पनि अत्यावश्यक र खोल्न अनुमति दिइएका व्यवसाय सञ्चालन गर्न भिन्न भिन्न समय तोकिएको थियो । तर, प्रशासनले अनुगमन नगर्दा सबै व्यवसाय बिहानदेखि बेलुकासम्म निर्वाध खुलिरहेका छन् ।
२२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा निरन्तर जारी छ । जेठ मसान्तलगत्तै निषेधाज्ञा खुकुलो बनाइएको थियो । सोमबारदेखि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा पनि बारअनुसार पालिकावासीलाई दिन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार