माधव नेपालको पार्टी पदाधिकारीको टुंगो राष्ट्रिय सम्मेलनबाट
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १७:२५:०
८ भदौ, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ । चन्द्रागिरी रिसोर्टमा भएको नेपाल समूहको बैठकले राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो ।
यद्यपि पदाधिकारीको संख्या भने १७ जना राख्ने तय भएको छ । दलको विधानलाई अन्तिम रुप दिएपछि मात्रै राष्ट्रिय सम्मेलन गरेर पदाधिकारी टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकले पार्टी दर्ता छिटोमा बिहीवार र ढिलोमा आइतवारसम्म टुंगो लगाउने निष्कर्ष पनि निकालेको छ । त्यसैगरी दर्ता भएको एक सातामा राष्ट्रिय भेला गर्ने बैठकको निर्णय छ ।
समाजवादीले पार्टीको विधानमा बहुपदीय संरचनालाई निरन्तरता दिने उल्लेख छ । बैठकमा एमालेमा ६० जना केन्द्रीय सदस्य र ३२ सांसद सहभागी भएको समाजवादीका नेताले दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार