गण्डकी प्रदेश सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार १२:२३:३१
९ भदौ, गण्डकी । प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरे।
प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका अवस्थामा प्राप्त सहयोगको ठूलो महत्व हुने जनाउँदै सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई निर्देशन दिए । सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालन भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न सङ्घसङ्स्थाको सहयोगमा कोभिड नियन्त्रण र रोकथामको काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले पूर्वमन्त्री दीपक बोहोरा र उनकी दिदी पूर्वस्वास्थ्य सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउँदै अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाइएको बताए । झण्डै रु पाँच करोडका सामग्री चार्टर उडानमा नेपाल ल्याइएको र सातवटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार