ज्येष्ठ नागरिकलाई चिन्ताः नागरिक नभई मरिन्छ कि !
नेपालबहस संवाददाता
भदौ ९, २०७८ बुधबार २०:५७:३०
◊हरि बास्तोला
९ भदौ, गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेको छ । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरुपमा काम गर्नुपरेको उनीहरु बताउछन् । अहिले उनीहरु नागरिकताका अभावमा राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित हुनुपरेको दुः खेसो गर्छन् ।
वृद्धाश्रमकै सहारामा बाच्नु परेपनि कमसेकम नागरिकता लिएर आफूहरु नेपाली भएर बाच्न पाउने आशामा रहदै आएको ८० वर्षीया फुलमाया भुजेल बताउछन् । पोखराको नयाँ बजार घर भएकी उनको आफ्नै पीडा व्यथा छन् । राम्रोसँग बोल्न र सुन्न नसक्ने उनी झण्डै एक दशकभन्दा बढी समयदेखि पोखरा वृद्धाश्रममा बस्दै आएको छ ।
आफन्तले साहारा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी उहाँलाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ । उनले भने“ आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ । ”
फुलमाया जस्तै लमजुङको राइनास मोहोरीयाकोट जन्मस्थान भई घर परिवारको मायाबाट वञ्चित ७८ वर्षीय हरिबहादुर थापा विगत आठ वर्षयता सो वृद्धाश्रममा बस्दै आएको छ । ‘बाह्र छोरा तेह्रनाति बुढाएको धोक्रो काँधै माथि’ भने जस्तै श्रीमती, एक छोरा र दुई छोरीका यी अभिभावक यतिखेर आफन्त विहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य छन् ।
आफूले सक्दो उमेरसम्म तीनै छोराछोरी र श्रीमतीको लागि भारतमा मजदुरी गरेको स्मण गर्दै उनले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको साहारा खोज्नु परेको दुःखेसो गरे । उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो नागरिकता बनाउने सोचनै बनेन अहिले परिवारबाट हेलत्वभएका अवस्थामा राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसुस भएको उनले बताए ।
त्यस्तै वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चाँधरी, नारायण ढकुरी, धनबहादुर गुरुङको अहिलेसम्म नागरिकता छैन । उनीहरु आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन् ।
सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा बनेको कारण आफन्तको घरमा बसेर हुर्कोका अधिकांशको नजिकैका नातेदार तथा पैत्रिक सम्पत्तिका नाममा अत्वपत्तो नभएका अस्पताल, प्रहरी र समाजका विभिन्न सङ्घ संस्थाकोमाध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्याङ्कमा उल्लेख छ ।
वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए । बाँकी छ को पनि नागरिकता निकाल्न पहल भइरहेको उनको भनाइ छ ।
“समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कूल ५२ को परिवार रहेको छ” उनले भने,“तीनै तहका सरकार, विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिकरुपमा सम्पन्न भए पनि दैनिकखर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ ।”
आश्रममा अट्याज बाथरुम, चिसोतातो पानी, फिजियोथेरापी सेवा, बिरामी हुँदा औषधोपचारलगायतका विभिन्न सुविधा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भन्नुभयो, “विशेष गरी जन्मोत्सव, विवाहको वार्षिकोत्सव तथा आफन्तका स्मृतिमा परिवारजनले गरिने दान तथा सहयोगले वृद्धाश्रम सञ्चालन हुँदै आएको छ । ”
यसैबीच पोखरा महानगरपालिका– ९ का दीपक बाटाजु र सिर्जना बाटाजुले आफ्नो वैवाहिक स्वर्णजयन्तीका उपलक्ष्यमा रु ६ लाख ५१ हजार पाँचको अक्षयकोष स्थापना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार