प्रहरीले पत्रकार फसाउनका लागि कहाँबाट ल्यायो औषधिजन्य लागुऔषध ?
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार १८:५३:१३
१० भदौ, काठमाडौं । रौतहटका एसपी सिद्धिविक्रम शाह र डीएसपी नारायणप्रसाद चिमरिया नै लागुऔषध तस्करीमा लागेको आशंका गरिएको छ । मोटरसाइकलमा लागुऔषध राखिदिएर पत्रकारलाई सुनियोजित रूपमा फसाउन उनका घुमुवालाई लागुऔषधको व्यवस्था एसपी शाह र चिमरियाले जुटाइदिएको बताइएपछि उनी तस्करीमा लागेको शंका गरिएको हो ।
‘एसपीर डीएसपी कै निर्दैशनमा लागुऔषध राखिएको पाइएको छ, अहिले त्यो औषधिजन्य लागुऔषध कहाँबाट आयो भन्ने जानकारी छैन, प्रहरीकै व्यवस्थापनमा आएको हो भन्ने हाम्रो आशंका हो, यसमा एसपी र डीएसपी कै हात देखिन्छ’, प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिका एक सदस्यले भने ।
रौतहटका दुई प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयले लागुऔषध कारोबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । तर, फसाउन निर्देशन दिने जिल्ला प्रहरी प्रमुख एसपी शाहलाई भने निलम्बन नै नगरी उन्मुक्ति दिन खोजिएको छ । अझ डीएसपी चिमरियाको बारेमा त कुरै उठान भएको छैन् । एसपी शाह र चिमरियाविरुद्ध अहिलेसम्म कुनै कारबाही अघि बढाइएको छैन । जबकी पीडित पत्रकार मोहम्मद मोजिबुल्लाहले डीएसपी चिमरियाले अपशब्द प्रयोग गर्दै गाली गरेको बताएका छन् ।
छानविन समितिको प्रतिवेदनपछि मात्रै उनीहरूलाई कारबाही गर्ने–नगर्ने टुंगो लाग्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताएका छन् । तर लागुऔषध कहाँबाट आयो र एसपीको निर्दैशन मान्ने सई र जवानलाई मात्रै फसाउन खोजिएको छ । ‘उनीहरुले एसपी र डीएसपीको निर्देशन मानेका हुन्, उनीहरुलाई लागुऔषध पनि डीएसपीले नै व्यवस्थापन गरेको देखिन्छ’, स्रोतले भन्यो ।
पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राख्ने असई उदय यादव र जवान मनोज साहलाई भने निलम्बन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटबाटै उनीहरूविरुद्ध मुद्दा चलाइनेछ । गत ३२ साउनमा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेर पक्राउ गरिएको थियो । प्रहरीले नै लागुऔषध राखेको सीसीटिभी फुटेजबाट पुष्टि भएपछि मंगलबार मात्रै उनी रिहा भएका छन ।
जिल्लास्थित पत्रकारहरूले एसपी शाह र डीएसपी चिमरियाकै योजनामा मोजिबुल्लाहलाई फसाउन खोजिएको भन्दै विरोध जनाएका छन ।नेपाल पत्रकार महासंघले पनि एसपी शाह र डीएसपी चिमरियालाई निलम्बन गरेर अनुसन्धान गरिनुपर्ने माग गरेको छ । ‘घटनामा मुछिएका दुई प्रहरी कर्मचारी निलम्बनमा छन् । उनीहरूविरुद्ध अब के गर्ने भन्ने विषयमा कानुनी सल्लाह हुँदैछ । एसपी र डीएसपीको सन्दर्भमा भने तत्कालका लागि कारबाही अघि बढाइएको छैन । छानविन समिति गठन भएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा कसुरदार देखिए कसुरको मात्राअनुसार कारबाही हुनेछ,’ उनले भने ।
प्रहरी महानीरिक्षकको सचिवालयका एसएसपी कृष्णकुमार महतको नेतृत्वमा चार सदस्यीय छानविन समिति बनाइएको छ । विवादित पत्रकार सञ्जय सहनीसँग पत्रकार मोजिबुल्लाह पक्राउ गरिएको विषयमा भएको टेलिफोन संवाद सार्वजनिक भएपछि जिप्रका रौतहट प्रमुख एसपी शाहको संलग्नता खुलेको थियो । भने हिजो मात्रै पत्रकार मोजिबुल्लाहले एक अनलाइनमा दिएको बयान हेर्दा डीएसपी चिमरियाको पनि संग्नता देखिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले तल्लो तहका प्रहरीलाई कारबाही गर्ने, तर निर्देशन दिने एसपी र डीएसपीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीको गतिविधि खेदजनक रहेको बताएका छन् ।
‘पत्रकारलाई सुनियोजित ढंगले फसाउन खोजिएको छ । यही शैली हो भने त प्रहरीले जसलाई मन लाग्यो त्यसलाई फसाउने देखियो । यति गम्भीर घटना एसपी र डीएसपीको निर्देशनबिना हुनै सक्दैन । घटनामा संलग्न तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै निलम्बन गरी छानविन गरिएको छ । तर, निर्देशन दिने एसपी र डीएसपीलाई उन्मुक्ति दिन खोजिएको छ । यसमा हाम्रो आपत्ति छ । एसपी र डीएसपीलाई पनि निलम्बन गरी निष्पक्ष अनुसन्धान हुनुपर्ने हाम्रो माग छ,’ उनले भने ।
पत्रकार महासंघले मोजिबुल्लाहलाई फसाउन प्रहरीलाई सघाउने नेपाल पत्रकार महासंघ जिल्ला समिति रौतहटका सहसचिव सञ्जय सहनीलाई निलम्बन गरेको छ । मकवानपुरस्थित दामनमा भएको केन्द्रीय समिति बैठकले सहनीलाई निलम्बन गर्ने निर्णय गरेको हो । सो घट्नाबारे बुझ्न महासंघका अध्यक्ष र महासचिवसहित रौतहट जाने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार