१८ निर्जीवन बीमा कम्पनीले गरे ४ अर्ब ६६ करोड मुनाफा, सबैभन्दा बढि मुनाफा गर्नेकाे पहिलाे नम्बरमा युनाइटेड इन्स्योरेन्स
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार १८:१४:३३
१० भाद्र, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४ अर्ब ६६ करोड रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार १८ निर्जीवन बीमा कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा ५.०८ प्रतिशतले बढेको हो ।
गत आवमा २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटा कम्पनीले मुनाफा बढाएका छन् भने ३ वटा कम्पनीले मुनाफा गिरावट आएको हो । हालसम्म नेशनल इन्स्योरेन्स र ओरिन्टियल इन्स्योरेन्सले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
अघिल्लो आवमा ४ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका निर्जीवन बीमा कम्पनीले गत आवमा ४ अर्ब ६६ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् जुन २२ करोड ५७ लाख रुपैयाँले बढी हो ।
सबैभन्दा बढि मुनाफा गर्यो युनाइटेड इन्स्योरेन्सले
यस अवधिमा सबैभन्दा बढि युनाइटेड इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा मुनाफा गर्न सफल भएको छ । चौथो त्रैमाससम्म कम्पनीले मुनाफा ३३०.३८ प्रतिशतले बढाएको छ । अघिल्लो आवकोे तुलनामा कम्पनीले ५ करोड ७७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
चार निर्जीवन कम्पनीको खुद नाफा घट्यो
१५ वटा निर्जीवन बीमा कम्पनीको खुद नाफा आर्जन बढ्दा ३ वटा निर्जीवन बीमा कम्पनीको मुनाफा आर्जन भने अघिल्लो आवको तुलनामा घटेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सले अघिल्लो आवकोे तुुलनामा खुद नाफा १०.३६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा १५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा १ करोड ७९ लाख रुपैयाँले कम हो ।
साथै, लम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा पनि घटेको छ । अघिल्लो आवकोे तुुलनामा कम्पनीको खुद नाफा १५.४८ प्रतिशतले घटेको हो । अघिल्लो आवमा २० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा १७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड १६ लाख रुपैयाँले कम हो ।
यसैगरी, राष्ट्रिय बीमा कम्पनीको खुद नाफा पनि अघिल्लो आवको तुुलनामा ४३.५७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा ३६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २७ करोड ८२ लाख रुपैयाँले कम हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार