सडक निर्माणमा एक अर्ब खर्च, तर परिणाम न्यून
नेपालबहस संवाददाता
भदौ १०, २०७८ बिहिबार २१:५६:१५
१० भाद्र, गुल्मी । गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा तीन लाख बजेट उपलब्ध गराएकामा देउरालीमुनिसम्म करिब एक किमी मात्र सडक खनियो ।
अर्को वर्ष सोही सडकका लागि पाँच लाख विनियोजन गरिएकामा स्वास्थ्य चौकीबाट ताप्केचौरसम्ममात्र सडक खनियो तर देउरालीमुनिसम्म जोडिएन । बीचमा ढुङ्गाको पहिरो छिचोलेर बाटो खन्न धेरै रकम लाग्ने भएपछि २०७७/७८ मा यसका लागि बजेट विनियोजन गर्नाको साटो प्रदेशसँग बजेट माग गरिएको वडा नं १ का वडाध्यक्ष चुराबहादुर खत्रीले बताए ।
सडक खन्न ढिला भएकाले सरकारको लगानी बालुवामा पानी हाले सरह हुनाका साथै गुर्बासम्म गाडी पनि पुग्न पाएन । सडक निर्माणका क्रममा कारण राजकुमार नेपालीको घर जोखिममा परेको छ । इस्माकै झरना–हर्पुकोट मोटरबाटोको ट्रयाक खोलेको दशौँ वर्ष भइसक्दासमेत अझै त्यसको स्तरोन्नति गरिएको छैन ।
मुसिकोट नगरपालिका–४ को वडा कार्यालयबाट नगरपालिका जोड्ने नयाँ सडक आव २०७६/७७ बाट खन्न थालियो । दश किमी सडकका लागि १० लाख विनियोजन भयो । वडा नं ४ को हलोगाडेबाट खन्न सुरू गरिएको सडक क्वाटी नपुग्दै रोकियो । सडकले गर्दा १२ घर जोखिममा र तीन घर उच्च जोखिममा परेपछि सडक खन्ने काम बन्द गराइएको स्थानीयवासी विमल छन्त्यालले बताए । काम रोकिएकाले गत वर्ष नगरपालिकाले विनियोजन गरेको सात लाख पनि खर्च भएन ।
विसं २०५५/५६ मा रेसुङ्गा नगरपालिकाको गड्जुरा–बाँझपोखरी–पधेलीपोखरा हुँदै गाउँका धारा जोड्ने करिब चार किमी सडक खनिएकामा मर्मतका लागि गत आवमा रू ५० लाख विनियोजन भएको थियो । उक्त रकमले पर्खाल र नाली बनाउनेलगायत काम आधामात्र सम्पन्न भएको छ । स्थानीय बासिन्दा चक्र केसीका अनुसार सडकमा पानी बग्ने र नाला नहुँदा समस्या भएको छ ।
स्थानीय तहको चुनावपछि खनिएका र वर्षौँ पुराना सडक मर्मत नहुँदा समस्या भइरहेको छ । मालिका गाउँपालिका–७ घमिर सिलादीबाट भानुपोखरा हुँदै गाउँपालिका केन्द्र अर्खबाङ्ग पुग्ने सडकको ट्रयाक खोलेको २२ वर्ष भयो । सिलादीबाट भानुपोखरासम्म सडक केही फराकिलो बनाइए पनि भानुपोखराबाट अर्खबाङ्गसम्मको सडक साँघुरै छ । उक्त सडक वर्षायाममा हिलाम्मे हुँदा बिरामी अस्पताल लैजान समस्या भएको घमिरका मनोज कार्कीले बताए ।
जिल्लामा उपयोगविहीन नयाँ ट्रयाक धेरै छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि जनप्रतिनिधिले सडक बनाउने कामलाई प्राथमिकता दिए । आव २०७४/७५ देखि आव २०७७/७८ सम्ममा जिल्लाका १२ पालिकाले रू एक अर्ब १९ करोड एक लाख ५२ हजार ९४७ सडकका लागि खर्च गरेकामा, एक लाख ६३ हजार ५५३ दशमलव २४ किमी कच्ची सडक बनाउन र मर्मत गर्न तथा १४ किमी सडक पक्की गर्न प्रयोग भएको थियो ।
मदाने गाउँपालिकाले विगत चार आवमा रू ११ करोड ८४ लाख ८५ हजार रकम सडक निर्माणमै खर्च गरेको छ । कच्ची र मर्मत गरी ९६ हजार ५४५ किमी सडक खनिएकोे छ । पन्ध्र दशमलव पाँच किमी सडक ग्राभेल गरिएको सूचना अधिकारी ऋषि पोखरेलले बताउनुभयो । रूरूक्षेत्र गाउँपालिकाले पनि चार वर्षमा सडकका लागि रू ३९ करोड १० लाख खर्च गरेकामा ४२दशमलव ७८ किमी नयाँ सडक खनिएको र १४८ मिटर सडक कालोपोत्र गरिएको थियो ।
मुसिकोट नगरपालिकाले आव २०७४/७५ देखि २०७६/७७ सम्म सात करोड ३८ लाख चार हजारबाट ६५ हजार ६३ किमी मर्मत र दुई हजार ७०० मिटर सडक ग्राभेल गरेको छ । गुल्मीदरबार गाउँपालिकाले विगत तीन वर्षमा रू चार करोड ८२ लाख ८५ हजार सडकमा खर्चेकामा ११ दशमलव १२ किमी नयाँ र १६ दशमलव ९८ किमी सडक मर्मत गरेको छ ।
रेसुङ्गा नगरपालिकाले विसं २०७४/७५ देखि चार वर्षमा १० करोड ६९ लाखबाट १२५ दशमलव ४४ किमी सडकको नयाँ ट्रयाक खोलिएको, ४८।९३ किमी ग्राभेल गरिएको र १३.८६ किमी कालोपोत्र गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । एक हजार ३७२ किमीे नाली बनाइएको र प्रत्येक वडालाई सडक सरसफाइका लागि रू ५० लाखका दरले बजेट विनियोजन गरिएको उनको भनाइ थियो ।
सत्यवती गाउँपालिकाले विगत चार वर्षमा रू एक करोड ८७ लाख खर्चेकामा छ दशमलव सात किमी नयाँ र एक दशमलव पाँच किमी सडक मर्मत गरिएको छ । मालिका गाउँपालिकाले चार वर्षमा १४ करोड ८३ लाख १० हजार ७९० बाट ९५दशमलव पाँच किमी नयाँ, २५९ किमी मर्मत र तीन दशमलव ८ किमी सडक ग्राभेल गरेको छ ।
छत्रकोट गाउँपालिकाले रू दुई करोड ३० लाख ६० हजारबाट २१दबमलव ३२ किमी नयाँ र १३दशमलव ४८ सडक मर्मत गरेको छ । कालीगण्डकी गाउँपालिकाले १० करोड ६१ लाख ४८ हजारबाट ८३दशमलव ५२ किमी नयाँ र २२ किमी सडक मर्मत गरिएको जनाएको छ । धुर्कोट गाउँपालिकाले रू आठ करोड २४ लाख ४५ हजार १५७ बाट ६१ किमी नयाँ सडक खनेकामा १३८दशमलव पाँच किमी स्तरोन्नति गरेको एक दशमलव ८३ किमी ग्राभेल गरेको थियो
गाडी बिग्रने समस्याः यातायात व्यवसायी
नयाँ खनेका सडकको अवस्था राम्रो नहुँदा गाडी चालक तथा यातायात व्यवसायीले समस्या भोग्दै आएका छन् । “वर्षायाममा धेरै खाल्डाखुल्डी पर्ने हुँदा गाडीमा थुप्रै समस्या देखापर्छ ।” गुल्मी यातायात व्यवसायी सङ्घका महासचिव हिमाल कुँवरले भन्नुभयो, “बाध्य भएर मात्र सवारी साधन चलाएका छौँ ।” गुल्मी यातायात व्यवसायी सङ्घका कार्यालय प्रमुख डोलबहादुर कुँवरले बिग्रेका सडकमा जबर्जस्ती गाडी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढेको बताए।
वातावरणमा नकारात्मक असर
जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जथाभावी सडक खन्दा वातावरणीय सन्तुलन बिग्रन सक्ने बताउनुभयो । उपभोक्ता र डोजर चालकले बाटोको नक्सा बनाउने हुँदा समस्या थपिएको उनीले बताए ।
जिल्लामा खनिएका धेरै सडक मापदण्डअनुसारका छैनन् । कतिपय ठाउँमा सडकको ट्रयाक नै फेरिएको छ । थोरैथोरै बजेट धेरै ठाउँमा लगानी गर्न खोज्दा सडकको गुणस्तर बिग्रिएको रेसुङ्गा नगरपालिकाका सबइञ्जीनियर चक्र केसीले बताए । “धेरै सडकका घुम्ती र ग्रेड मिलेका छैनन्”, उनले भने, “भिरालो भू–बनोट र कम बजेटले पनि समस्या पारेको हो ।”
बजेट र चेतनास्तर कमी
रूरूक्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थले वर्षायाममा पहिरो जाने समस्याले गर्दा ग्रामीण भेगका सडक बाह्रै महिना सञ्चालनमा कठिनाइ भएको बताए । मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले कतिपय उपभोक्ता र उपभोक्ता समितिले ठेकेदारले जस्तै गरी योजनाको दायित्व नलिँदा र नागरिकमा चेतनास्तर कम हुँदा सडक सञ्चालनमा समस्या भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार