कोरोनाका कारण बन्द रहेका विद्यालय सञ्चालनको तयारी
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १६:३३:३७
११ भदौ, राजविराज । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् ।
जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताए । उनले भने, “हामीले पहिलो चरणमा छलफल गर्यौं, थप छलफल जारी नै छ, अझै निष्कर्षमा पुग्न सकिएको छैन, कोभिड–१९ महामारीका कारण महिनौँदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको छ ।
स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ ।
विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरुको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ । साथै विद्यालय बन्द हुँदा अधिकांश युवा लागुऔषधतर्फ आकर्षित भएको देखिएको बताइन्छ । त्यस्तै विद्यालय बन्दका कारण पढाइ छाडेर दिनभरि बालबालिका खेल्नमै रुचि राख्नाले उनीहरुको पढाइ प्रभावित भएको शिक्षिका ममता यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार