करिब १३ घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १६:४७:३९
११ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको थियो । करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो ।
पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको थियो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन ।
तनहुँ – दुई दिनदेखि निरन्तर परेको वर्षापछि पहिरो जाँदा आजविहानदेखि अवरुद्ध भएको डुम्रे–बेँसीसहर खण्ड सञ्चालन आएको छ । भानु नगरपालिका–१ अँधेरी खोलामा माथिबाट आएको पहिरोले सो सडक खण्ड अवरुद्ध भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। नगरपालिकासँग समन्वय गरी करिब एक घण्टाका अवधिमा सडक सञ्चालन गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार