नीति अनुसन्धान प्रतिष्ठानद्वारा ५७० जना विज्ञहरूसँग छलफलः नीतिगत मामिला बैंक स्थापना गर्नुपर्नेमा विज्ञहरुको जोड
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १९:५०:४२
११ भदौ, काठमाडौं । नीतिगत मामिला बैंक स्थापना गर्नुपर्ने निष्कर्ष निकाल्दै नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न क्षेत्रका ५७० जना विज्ञहरूसँग छलफल सम्पन्न गरेको छ । रोष्टरमा सूचीकृत ५७० जना विज्ञहरुसँग गत साउन १३ गतेदेखि यही भदौ ९ गतेसम्म चार भागमा बाडँफाँड गरी प्रतिष्ठानकले विद्युतीय (भर्चुअल) छलफलको आयोजना गरेको हाे ।
उक्त छलफलमा नीति–अनुसन्धान, नीति–पैरवी, नीति–अध्यापन लागायत नीतिका विभिन्न पक्षसँग सम्बन्धित सुझावहरू प्राप्त भएको आयोजक संस्थाका सूचना तथा ज्ञान व्यवस्थापक विभाग प्रमुख मुकुन्द कट्टेलले नेपालबहस डटकमलाई बताए ।
नीति अध्ययन,अनुसन्धान, नीति समीक्षा, विश्लेषण तथा नीति सम्बन्धी अन्य काममा विज्ञ–सेवा र परामर्श लिने प्रयोजनका साथ नीति प्रतिष्ठानले सम्बन्धित क्षेत्रका विज्ञहरूको राष्ट्रिय सूची (रोस्टर) निर्माण गरिरहेको छ । उक्त रोस्टरमा अहिलेसम्म झन्डै ५७० जना विज्ञहरू सूचीकृत भएका छन् ।
प्रतिष्ठानको रोस्टरमा सूचीकृत विज्ञहरूसँग नेपालको नीति अध्ययन–अनुसन्धानको वर्तमान अवस्थालाई कसरी हेरिरहनु भएको छ, नीति अनुसन्धान सुधार सम्बन्धी उहाँहरूको राय–सुझाव के छ र उहाँहरूको विज्ञतालाई नीति प्रवर्द्धनमा कसरी परिचालन गर्न सकिन्छ भन्ने चार विषयमा केन्द्रित भई नीति अनुसन्धान प्रतिष्ठानले भर्चुअल छलफलको आयोजना गरेको थियो ।
छलफलका क्रममा विज्ञहरुले संविधानले अङ्गीकार गरेको समाजवाद उन्मुख व्यवस्था अनुरूप नीतिहरू बन्न ढिलाई भएका कारण सङ्घीय शासन प्रणालीले उचित ढङ्गबाट काम गर्न नसकेको चर्चा गर्दै संघ र प्रदेश बीच कतिपय विषयमा मतभेद बढिरहेको बताएका थिए । किन संविधान अपेक्षित नीति बन्नमा ढिलाई भइरहेको छ ? यसै विषयमा पहिलो अनुसन्धान हुनु जरुरी रहेकोले नीति प्रतिष्ठान लगायत सम्पूर्ण नीति निमार्ण तहको तत्काल ध्यान जानुपर्ने विज्ञहरूले सुझाएका छन् ।
त्यस्तै नीति अस्थिरता नेपालको मूल समस्या भएको बताउँदै विज्ञहरुले एकातिर राम्रा नीतिहरूको कार्यान्वयन हुन नसकेको, अर्कातिर सरकार परिवर्तन भएसँगै नयाँ नीति बन्ने–बनाउने होड चलेकोले देशको समग्र विकासमा बाधा पुगेको कुरामा देशको नीति समुदायले महसुस गर्न नसकेको उनीहरुको तर्क थियो ।
नेपालमा विज्ञहरूको अभाव छैन तर काम गर्ने वातावरणको अभाव रहेको औल्याउँदै सो भर्चुअल कार्यक्रममा सहभागी विज्ञहरुले विदेशबाट ज्ञान आर्जन गरी नेपाल फर्केका विज्ञहरूलाई परिचालन गर्ने विषयमा ठोस नीति नभएका कारण विज्ञहरूले आफ्नो विज्ञताको सदुपयोग गर्न नपाएको तर्फ नेपाल सरकार गम्भीर पर्नेमा जोड दिएका थिए ।
विज्ञहरूद्वारा दिइएका यी र अन्य सुझावहरू सङ्ग्रह गरी नीतिगत मामिला बैंक स्थापना गर्ने, तिनको प्राथमिकता पहिचान गरी थप बहस र अनुसन्धान गर्ने र तथ्यमा आधारित सिफारिस गर्ने प्रतिष्ठानको उद्देश्य रहेको कट्टेलले बताए ।
नीति अनुसन्धान प्रतिष्ठान नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध, सुशासनलगायत नीति महत्त्वका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी नीति–सुधार तथा नयाँ नीतिको निर्माणका लागि नेपाल सरकारलाई तथ्य–आधारित सिफारिस गर्न गठित विज्ञ संस्था (थिंकट्यांक) हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार