धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार २२:८:२
११ भाद्र, कैलाली । कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ०७६/७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट १४ करोड ५४ लाख ७३ हजार २७१ आम्दानी गरेकामा गत आवमा २० करोड ६० हजार २४६ आम्दानी भएको जानकारी दिइएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले गत आवमा एकीकृत सम्पत्ति करबाट रू। चार करोड आठ लाख २० हजार ६५९, घरबहाल करबाट तीन करोड १७ लाख १६ हजार ५००, बहालबिरौटी करबाट नौ लाख ७६ हजार, सवारीसाधन करबाट चार लाख ९७ हजार ७०५ र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट एक करोड ६८ लाख ८७ हजार तीन ३३५ आम्दानी गरेको बताए ।
त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट ८३ लाख १७ हजार नौ ९४४, अन्य सेवा शुल्क तथा विक्रीबाट २३ लाख ८० हजार ५९८, शिक्षा क्षेत्रबाट आठ लाख ४६ हजार ४००, पार्किङ शुल्कबाट २० लाख ५६ हजार ९६० यथार्थ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले जानकारी दिए ।
उपमहानगरपालिकाले नक्सापास दस्तुरबाट रू। तीन करोड ४९ लाख ७७ हजार ६३४, सिफारिस दस्तुरबाट रू। एक करोड ५३ लाख ५७ हजार ६४६, व्यक्तिगत घटना दर्ताबाट ६ लाख ४८ हजार ७२५, नाता प्रमाणित दस्तुरबाट दुई लाख २८ हजार १००, अन्य दस्तुरबाट एक लाख, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ६१ लाख पाँच हजार ७८७, अन्य राजस्वबाट तीन करोड ७६ लाख ४३ हजार २०८ र बेरुजु असुलबाट चार लाख ९९ हजार ४४ आम्दानी गरेको जानकारी दिइएको छ ।
गत आव ०७६/७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट १४ करोड ५४ लाख ७३ हजार २७१ आम्दानी गरेकामा आव ०७६/७७ को तुलनामा ०७७/७८ को यथार्थ आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार