नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शनिबार १:४०:४९
११ भदौ, काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
भदौ २ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ‘३’ अनुसार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई गत साउन १७ गते आइतबार कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी थिइन् ।
कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्माको कार्यकाल भदौ २४ बाट सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार