कांग्रेस महाधिवेशनः १८ भदौमै हुने निश्चित भयो वडा अधिवेशन, रिले अनशन तोडाउने सहमति
नेपालबहस संवाददाता
भदौ १२, २०७८ शनिबार २०:११:५६
१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिवेशनबारे सहमति जुटेको छ । सहमतिअनुसार १८ भदौमा देशैभर कांग्रेसको वडा अधिवेशन हुने भएको छ ।
सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यको विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गर्दै रिले अनशन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
सभापति देउवासँगको सहमतिपछि पौडेल पक्षले आज आफूनिकट नेता तथा जिल्ला सभापतिसँग पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए ।
उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक÷दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधान अनुसार नै हुनेगरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने छ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमासमेत सहमति जुटेको सिंहले बताए ।
साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रीत हुने वातावरण बनेको भन्दै सबैलाई महाधिवेशनमा लाग्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार