मन्त्रीले कमिशनको चक्करमा किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन, स्थानीय सरकारलाई बुझाउने तयारी
नेपालबहस संवाददाता
भदौ १२, २०७८ शनिबार २०:१७:५९
१२ भदौ, धनुषा । प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीय तहलाई बुझाउने तयारी गरेको छ ।
सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।
वारुणयन्त्र संचालन तथा रेखदेख सम्बन्धी कार्यविधि नै नबनाई तथा प्रहरी प्रशासनसँग छलफल नै नगरी तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्रकुमार यादवले कमिशनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लागेको छ ।
खरिद गरिएको लामो समय सम्म पनि प्रहरीले उक्त वारुणयन्त्र विनाशर्त लिन अस्वीकार गरेपछि वर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरतप्रसाद साहले स्थानीय तहलाई बुझाउने तयारी गरेका हुन् ।
लामो समयदेखि खुल्ला आकासमा थन्काइएका वारुणयन्त्र बिग्रिने अवस्थामा पुगेका छन् । प्रहरीले वारुणयन्त्र संचालनको लागि इन्धन, मर्मतसम्भार गर्न वर्षेनी बजेट छुट्याउनुपर्ने शर्त राखेको छ ।
प्रदेश सरकारले प्रहरीको उक्त शर्त अस्वीकार गरेको छ । मन्त्री साहले प्रदेश प्रहरी अझै पनि संघीय सरकारकै मातहतमा रहेकोले बजेट दिन नसकिने जनाउँदै आएको छ ।
प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुणयन्त्रमध्ये ४ वटा मात्रै लिएको छ । नेपाल प्रहरी अन्तर्गत वीरगंजमा रहेको विपद व्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुणयन्त्र प्रहरीले केही दिन अघि बुझेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार