चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद भन्छन् “ मंगलबारसम्म सर्तकता अपनाउ”
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार १७:१०:५४
१३ भदौ, काठमाडौं । नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताको सुरुवातीबाटै वर्षा भएपनि १० भदौदेखि अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन् । पहाडमा पहिरो खसेको छ ।
जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।
अब कहिलेसम्म झरी पर्छ ? समाचार एजेन्सी न्यूज कारखाना (एनके) ले यो प्रश्न मौसमविदलाई सोधेको छ । ‘हिजोअस्ती भन्दा आज (आइतबार) झरी केही कम भएको छ । तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद प्रतिभा मानन्धरले भनिन्, बर्खामा झरी नियमित प्रक्रिया हो । न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन् ।
मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतको मौसम विज्ञान विभागको प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ ।
आइतबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ । तर, दिउँसो त्यससँगै कर्णाली र सुदूरपश्चिममा पनी पानी पर्ने आँकलन महाशाखाले गरेको छ ।
‘लगातारको झरीले पहाडी भूभागमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘खहरे खोलामा भेलबाढीको जोखिम हुने भएकाले सबैले सतर्कता अपनाउन जरुरी छ । अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्दछौं ।’
गत बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासीको बतासा क्षेत्रमा २४ घन्टामै ४३४.२ मिलिमिटर पानी पर्यो, जुन अधिक भारी मात्र होइन, यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबैभन्दा बढी हो ।
यो पटकको झरीमा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका विभागकी वरिष्ठ मौसमविद इन्दिरा कंडेलका एक मिनेटमा एक मिमी वर्षा हुँदा पनि भल बग्छ । यतिधेरै वर्षाले त बाढीपहिरो निम्त्याउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार