बन्दाखेतीबाट मनग्य आम्दानी
नेपालबहस संवाददाता
भदौ १३, २०७८ आइतबार २०:९:७
१३ भाद्र, बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत तरिकाले अन्नबाली गर्दै आउनुभएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै छन् । उनी बन्दाखेतीबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् ।
केही वर्ष पहिले खेतमा अरु किसान झैँ खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायत अन्नबाली लगाउने गरेका उनी यसबाट परिवारको खर्च धान्नसमेत मुस्किल भएपछि अहिले बन्दाखेती गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र बझाङले बन्दाखेतीका लागि धामीलाई १०० पाकेट बन्दा निःशुल्क वितरण गरेको थियो । धामीको खेतबारीबाट उत्पादित बन्दागोभी नजिकैको होटल र अन्य ठाउँमासमेत बिक्री हुने गरेका छन् ।
“बन्दागोभीबाट वार्षिक करिब दुई लाख कमाई हुन्छ”, उनले भने, “ यसको खेतीबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको छु ।” अब केही दिनमै १०० क्विन्टल बन्दा स्थानीय बजारमा पठाउने तयारीमा आफू रहेको उनको भनाइ छ । “अब यो क्षेत्रमा लागिसकेँ ।
राम्रै गरौँला भन्ने लागि राखेको छ”, उनले भने, “बजारमा बन्दाको माग बढ्दै गएपछि यसको उत्पादनलाई पनि क्रमशः बढाउँदै लगेको छु ।” कृषि ज्ञान केन्द्रबाट प्रोत्साहन पाएपछि तरकारी खेतीमा उत्साह बढेको उनको भनाइ छ । अरुले तरकारी खेती लगाउन सुरु गर्दा आफूले तरकारी बेच्न शुरु गरेको धामीले बताए ।
तरकारी ढुवानीका साधन नहुँदा र बजार नपाउँदा विगतमा निकै सास्ती खेप्दै आउनुभएका धामीलाई कृषि ज्ञान केन्द्रले ढुवानीको व्यवस्था मिलाइदिएपछि अहिले सजिलो भएको छ । तरकारी खेतीमा लागेका किसानलाई केन्द्रले ढुवानीका लागि सहजता प्रदान गर्न निगालोका डोका खरिद गरेर वितरण गरिएको र बन्दा राखिएको सो डोकालाई ट्र्याक्टरमा राखेर बजारसम्म पु¥याउने व्यवस्था गरेपछि सहजता भएको उनको भनाइ छ ।
केन्द्रका प्रमुख टेकबहादुर विष्टले गाउँमा तरकारी खेतीको विस्तार र यसको ढुवानी तथा बजारीकरणका लागि केन्द्रले सक्दो सहयोग गरिरहेको बताउँदै यहाँबाट उत्पादन भएका बन्दा सङ्कलन गरी अन्य जिल्लामा पठाउने तयारी भइरहेको जानकारी दिए ।
उनले भने, “तरकारीको व्यावसायिक उत्पादनका लागि केन्द्रले किसानलाई गुणस्तरीय बीउ निःशुल्क उपलब्ध गराइने योजना बनाएको छ ।” तरकारी खेतीका लागि यान्त्रिकीकरणमा जोड दिइने बताउँदै उहाँले आधुनिक ढङ्गले तरकारीखेती गर्नेतर्फ किसानलाई प्रोत्साहन र तालिम प्रदान गरिने बताए । विशेषगरी महिला किसानलाई व्यावसायिक रुपमा तरकारी उत्पादनमा लाग्न प्रोत्साहन दिइने कार्यलाई प्राथमिकतामा राखिएको उनीको भनाइ छ ।
धामीले तरकारी खेतीबाट सहजै आम्दानी गरिरहेको देखेपछि लोभिएर अरु किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । “तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी लिन साहु घरमै आइपुग्छन्” धामीले भने, “आफ्नो खेतमा उत्पादन भएको तरकारी सङ्कलन गरेर साहुलाई एकमुष्ट दिने गरेको छु ।”
तरकारी ठूलो परिणाममा लगाउँदा अचम्म मान्ने गाउँमा अचेल तरकारी खेतीकै लहर चलेको छ । अहिले गाउँमा अन्य किसान पनि तरकारी खेतीमा जुटेका छन् ।“बन्दाखेतीबाट राम्रै आम्दानी भएपछि जागर चलेको छ”, उनले भने, “तरकारी खेतीको आम्दानीबाट घरपरिवार चलेको छ, आजसम्म निराश हुनु परेको छैन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार