पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:१८:२८
१४ भदौ, दमौली । केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा आज बिहान ९ः३५ बजे पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
बाटो खुलाउनका लागि सडक विभागको स्काभेटर लमजुङबाट आउँदै गरेको र बाटो सञ्चालन हुन दुई÷तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास–३ मादी पुल नजिकै खसेको पहिरो हटाएपछि राजमार्ग सञ्चालन भएको छ । केही दिनदेखि परेको वर्षाका कारण आज बिहान खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिराले बाटो दुईतर्फी अवरुद्ध भएकामा स्काभेटरको प्रयोग गरी पहिरो सफा गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सवारीको चापलाई मध्यनजर गरी एकतर्फी राजमार्ग सञ्चालन गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।
छाब्दीमा आएको बाढीले डाइभर्सन बगायो
व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।
गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराइएको थियो । केही दिनदेखि परेको वर्षापछि आएको बाढीले डाइभर्सन पनि बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जीप निर्माण सम्पन्न भइसकेको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार