सत्ता गठबन्धनको बैठक जारी मन्त्रीको नाम आजै टुंग्याउने तयारी
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:१९:३२
१४ भदौ, काठमाडौं । मन्त्रालयको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् ।
आइतबार बिहान र साँझ दुईपटक बैठक बसेपनि मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहको बैठक बसेको हो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताएका छन् । गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरुको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।
एकीकृत समाजवादीले आफ्नो मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई आइताबारै दिइसकेको छ । यस्तै, जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने स्रोतले जनाएको छ । सत्तामा सहभागी भएको नेकपा माओवादी केन्द्र र सत्तामा सहभागी हुने निर्णय गरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा मन्त्रिपरिषदमा जाने नेताहरुको नाम टुग्याउन लागिरहेका छन् ।
माओवादीले मन्त्रीमा जाने नेताहरुको नाम टुंग्याउन अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ । प्रचण्डले आफू निकटका नेताहरुलाई सरकारमा पठाउने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार