माधव नेपालसहित १४ सांसदको पद जोगाउने सभामुखको निर्णय
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:२४:५१
१४ भदौ, काठमाडौं । माधव नेपालसहितका १४ सांसदलाई कारवाही नहुने भएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएपछि उनीहरुको सांसद पद जोगिएको हो । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएपछि सो निर्णय गरिएको हो । । ‘एमालेले कारबाही गर्न भनेर पत्र पठाएको थियो । अब कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा अगाडि बढ्ने अवस्था नरहेको भनेर सभामुखले निर्णय गर्नु भएको छ’, योगीले भने ।
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना समेत दिएका थिए । प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गर्नुपर्ने छ ।
तर सभामुख सापकोटाले १३ दिनसम्म सूचना प्रकाशित गरेका थिएनन् । उनले १३ औँ दिनमा नयाँ दल दर्ता भएको स्थितिमा कारबाहीको सूचना टाँस नगर्ने निर्णय लिएको संसद सचिवालयले जनाएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने यो विषयमा कानुनी र सैद्धान्तिक रुपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । भदौ १० गते बसेको केन्द्रीय कमिटी बैठकपछि एमालले सो निर्णय गरेको हो । एमाले माधव नेपालसहितका १४ सांसदलाई ह्वीप उल्लंघन गरेको आरोपमा कारवाहीको माग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार