कृष्ण मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १७:४९:३०
१४ भाद्र, काठमाडौं । पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनको घुइँचो लागेको छ। हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न रोक लगाइएको हाे ।
यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पूजारी बताए। ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौं,’ उनले भने। मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५ औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ। पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।
कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्थे । सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखरशैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एकमात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार