प्रदेश १ सरकार संकटमाः भीम आचार्यविरुद्ध विपक्षी गठबन्धन बहुमतमा
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १९:३२:१७
१४ भदौ, विराटनगर । प्रदेश १ मा भीम आचार्यको मुख्यमन्त्री पद संकटमा परेको छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेको दिनदेखि नै ढाल्ने कसरत सुरु भएको छ । एमाले सरकार टिकाउने खेलमा लागेको छ भने विपक्षी गठबन्धन सरकार परिवर्तनको खेलमा लागेको छ ।
नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी तथा साना दुई दलका सांसदहरु सरकार परिवर्तनमा लागेका छन् । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राई विदा भएर आचार्य आएसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र राई आफनो नेतृत्वमा सरकार बनाउने कसरतमा लागेका छन् ।
एकीकृत समाजावादीमा १० जना सांसद खुलिसकेका छन् । राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ माधव नेपाल पक्षामा खुलेका छन् । राजेन्द्र, गणेशकुमार र कृष्ण कुमारी एकीकृत समाजवादीको केन्द्रीय सदस्य पनि हुन् ।
भदौ महिनाभित्रै सरकार बनाइसक्ने समाजावादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले न्युज कारखानालाई बताए । चार पाँच दिनदेखि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाइरहेको राईले जानकारी दिए । एमाले, माओवादीलगायतका दलहरुसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।
प्रदेश १ मा ९३ सांसद रहेकोमा माओवादी केन्द्रका सांसद टंक आङ्वोहाङ एमाले प्रवेश गरेपछि ९२ छन् । उनको सांसद पद गुमिसकेको छ । एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा एकएकजना छन् ।
एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी रहेका ५० जना सांसदमध्ये १० जना समाजवादीमा संगठित भएपछि एमाले ४० सांसदमा सीमित बनेको छ। मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमतसिद्ध गर्न ४६ सांसद आवश्यक छ । तर, उनीसँग ४० सांसद मात्रै भएपछि अल्पमतमा परेका हुन् ।
यतिबेला मुख्यमन्त्री आचार्य जनता समाजवादीका तीन र अन्य साना दलका दुई र एकीकृत समाजवादीतर्फ गएका एक सांसद तानेर बहुमत जुटाउने रणनीतिमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार