राम्दीमा बाढीपहिरोले एकको मृत्यु, तीन घाईते
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १९:५१:२७
श्रीकृष्ण सिग्देल
१४ भदौ, काठमाडौ । तीन दिनदेखि परेको अविरल बर्षात्ले स्याङ्जामा पहिरोमा परी एककोे मृत्यू र ३ जना घाईते भएका छन् । जिल्लाको गल्याङ् नगरपालिका १ धार्मिक स्थल रहेको राम्दीमा पहिरोले दुई घर पुरिदा एक जनाको उद्धारकै क्रममा निधन भएको छ भने ३ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीका अनुसार दिउसो ४ बजेतिर माथीबाट आएको पहिरोले पुरिएर वालिङ १४ का धनमाया उम्रा बस्नेतको मृत्यु भएको बताए । अधिकारीका अनुसार पहिरोले घर पुरिदा छत्रदेवी गाँउपालिका ५ गुल्मीका बर्ष ३५ की लक्ष्मी बस्नेत, शैनामैना नगरपालिका १ रुपन्देहीका बर्ष १६ का शिशिर योगी र भीरकोट नगरपालिका ५ का बर्ष ३६ का नारायण तिवारी घाइते भएका छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरिक्षक सहितको टोली र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि पाल्ला मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
दिपेन्द्र श्रेष्ठको घर पुरिएपनि मानवीय क्षती भएको छैन भने घाइते बस्नेतले संचालन गरेको होटल पुरिदा मानवीय क्षती भएको छ । पहिरोले सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अविरल बर्षाद्ले जिल्लाका विभिन्न क्षेत्रका ग्रामिण सडकहरु पहिरोले अवरुद्ध गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार