किसानलाई १२ करोड सहुलियत कर्जा प्रवाह
नेपालबहस संवाददाता
भदौ १६, २०७८ बुधबार १८:४५:२२
१६ भदौ, काठमाडाैं। लमजुङका ९९ किसानलाई १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । पशुपालनमा सक्रिय ती किसानलाई विभिन्न बैंकद्वारा ऋण दिइएको हो । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।
सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्याङ्कन गर्दै विशेष ऋण प्रवाह गरेको हो । कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । यस बैंकले ४० पशुपालक किसानलाई रु तीन करोड ३३ लाख ऋण दिएको छ ।
नेपाल बैंकले १० किसानका लागि रु एक करोड १२ लाख, राष्ट्रिय वाणिज्य बैंकले चार किसानका लागि ५९ लाख ऋण प्रदान गरेको छ । यहाँ सो सरकारी बैंक बाहेक जिल्लाका निजी बैंकलेसमेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ । निजीमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २० जना किसानका लागि रु तीन करोड ४६ लाख ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो ।
त्यस्तै, ग्लोबल आइएमईले सात किसानलाई रु ६८ लाख ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उहाँका अनुसार एभरेष्ट बैंकले १० किसानलाई एक करोड १८ लाख ७४ हजार सहुलियत ऋण दिएको छ भने प्राइमले ६ किसानलाई एक करोड ५३ लाख सहुलियत ब्याजमा ऋण दिएको छ ।
त्यस्तै, सबै भन्दा कम एनएमबी बैंकले दुई किसानका लागि रु २५ लाख सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठले भने, “जिल्लामा रहेकामध्ये १५ बैक तथा वित्तीय संस्थासँग ऋणप्रवाहको तथ्याङ्क माग गरे पनि जम्मा आठ बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार