वालिङमा उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २३:३:२९
१७ भदौ, स्याङ्जा । वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ ।
वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई सहयोग र सहजीकरण गर्ने बताईएकोछ ।
युवा, बिदेशबाट फर्किएका तथा स्वदेशमा नै रहेर उद्यम गर्न चाहाने व्यक्तिहरुको सहयोगी केन्द्रको रुपमा ईबिकको स्थापना गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।
उद्यमी वन्न चाहने व्यक्तिहरुको नविनतम सोच तथा विचारहरुलाई व्यवसायीकरण गर्न आवश्यक सीप र ज्ञान प्रदानका लागि ईबिकले सहजीकरण गर्ने उनले बताए । उनले भने ,‘केन्द्रले मेन्टर रोस्टर अर्थात बिज्ञहरुको समूह मार्फत उद्यम गरिरहेका र गर्न चाहेका व्यक्तिहरुलाई सहजीकरण र सहयोग गर्दछ ।’
व्यवसाय शुरु गर्नका लागि अपरिहार्य रहेको संस्था दर्ता प्रक्रिया नविकरण अडिट लगायका कार्यमा उद्यमीहरुलाई कागजी रित पुर्याउन यसले महत्वपूर्ण सहयोग गर्नुका साथै उत्पादित बस्तुलाई सहज र व्यवस्थित रुपमा बजार सम्म पुर्याउने उपायको खोजीमा समेत सेन्टरले महत्वपूर्ण सहजीकरण गर्ने खाँणले बताए ।
उद्यमी, सल्लाहकार समिति,व्यवसायी विज्ञ, लगानिकर्ता, वित्तिय सस्था,स्थानीयतह र सरोकारवाला सस्थाहरुको सन्जाल मार्फत नयाँ उद्यम तथा व्यवसाय प्रवद्र्धनका लागि इबिकले सहजिकरण गर्ने युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताए । नगरपालिकाले लिएको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको उनले बताए ।
युवाहरुलाई स्थानिय स्तरमा नै स्वोरोजगार हुने वातावरण सिर्जना गरेर युवाहरुको सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउने यसको मुख्य ध्येय रहेको ईबिक व्यवस्थापन गरिरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिए ।
कहाँ र कुन ठाँउबाट सहजै सेवा, अनुदान, ऋण आदि पाईन्छ भन्ने जानकारी नभएको दुरदराजका कृषक तथा उद्यमीको यो महत्वपूर्ण सारथीको रुपमा ईबिक रहने अध्यक्ष तिवारीले बताए । सेन्टरको आज वालिङ नगर प्रमुख दिलिप प्रताप खाँण, युएनडिपीका आवासीय प्रतिनिधि बर्नाड कोको र युएनडिपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले औपचारिक रुपमा शुभारम्भ गरेको हो ।
सो अवसरमा बोल्दै युएनडिपीका आवासीय प्रतिनिधी बर्नाड कोकोले वालिङ नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि शुरु गरेको अभियान अरुका लागि समेत उदाहरणीय रहेको बताए। परिक्षणका लागि गत सालबाट शुरु गरिएको सेन्टरले १ हजार ३ सय जनालाई सहजीकरण गरिसकेको नगरपालिकाका फोकलपर्सन प्रकाश अर्यालले जानकारी दिए ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो ।
यसैबीच, वालिङ नगरपालिका र युएनडिपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरिरहेको ‘हरियाली पुनःउत्थान परियोजना अन्तर्गत श्रवणकुमार पार्कमा बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार