सेजनको नयाँ अध्यक्षका लागि तीन जनाको दावी
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २३:५५:३६
१७ भदौ, काठमाडौं । आर्थिक पत्रकारको छाता सङ्गठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ अध्यक्षका लागि तीन जनाको दावी परेको छ । नयाँ नेतृत्वका लागि आकाङ्क्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन् ।
सेजनको शुक्रबार हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले आज उम्मेदवारी मनोनयन गराएका छन् । सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन् । सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी परेको छ । कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुङ्गानाको उम्मेदवारी परेको छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा चेतबहादुर अधिकारी (सिबी), अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शङ्करप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएकाे निर्वाचन समितिले जनाएको छ । वरिष्ठ पत्रकार डा. सुरेश आचार्य मुख्य निर्वाचन अधिकृत, सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी र अधिवक्ता बाबुराम अर्याल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार