खोलाले बगाएका छ जनाको सकुशल उद्धार
नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार १८:३८:४१
१८ भदौ, दमौली । तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा रहेको उनको भनाइ थियो ।
बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार