सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, नदी कटान हेरेर फर्के गृहमन्त्री
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार १५:२४:२५
२० भदौ, उदयपुर । उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका नगरपालिका-८ लाहुरे खोँचमा कटान गरेको हो ।
कटानले बेलका-२, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका-६ सहितका सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन् ।
सप्तकोसीले-६ सय मिटर कटान गरिसकेको छ, भने दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा बाढी बस्तीमा पस्न सक्ने बेलकाका मेयर दुर्गाकुमार थापाले बताए ।
कटानले बराहक्षेत्र-६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका(३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।
सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको स्थानीय गिरिराज विश्वकर्माले बताए । चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ । तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ ।
नदी कटान हेरेर फर्के गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुर पुगेर नदी कटानको अवस्था बुझेका छन् । गृहमन्त्री खाँण पूर्वमन्त्रीद्वय शेरबहादुर तामाङ, मोहनबहादुर बस्नेत तथा गृहसचिव टेकनारायण पाण्डेसहितको टोली लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत उदयपुर पुगेका थिए ।
सो क्रममा उनले सनसुरी, सप्तरी र उदयपुरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र स्थानीयसँग छलफल गरेका थिए । खाँणले कटान र डुबान रोक्न तत्काल उचित कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।
मन्त्री खाँणसँग स्थानीयले वर्षेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए । मन्त्री खाँणले बस्तीको हवाइ निरीक्षण पनि गरेका थिए । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार