भक्तपुरको पञ्चदान पर्व औपचारिक पूजामा सीमित
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार १६:३७:४७
२० भदौ, भादगाउँ । भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ ।
कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारी दिए । उनले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याए बढी भीड भई संक्रमण चाँडै फैलन सक्ने जोखिम हुँदा बिहारभित्र नै पूजा गरी मनाउन लागेको बताए । उनले भने, “ यस अवसरमा देवतालाई बाहिर ल्याए नगरका मात्र नभई भक्तपुरका सबै गुठियारहरूको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भीड बढी हुने भएकाले संक्रमणको जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यस वर्ष पनि गएको वर्षजस्तै औपचारिकतामा सीमित गरिने निर्णय गरिएको हो ।”
बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइने सो पर्वका अवसरमा जिल्लाका पाँच बिहारबाट दीपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइने परम्परा छ । दीपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील, गोल्मढीको झौरवही , साकोथाको चर्तुब्रह्म , भार्वाचोको थथुबही र दूधपाटीको कुथुबही महाबिहारका छन् ।
पञ्चदानमा जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौला, बोडी, काँक्रो, क्वाटी आदि गच्छेअनुसार चढाउने परम्परा छ । यसलाई स्थानीय भाषामा पञ्जदान (पंजरां) भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार