सुनचाँदी व्यवासायी बीमाको दायरामा
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार २:४०:१
२० भदौ, काठमाडौं । नेपालभित्र सुनचाँदीको व्यवसाय गरिरहेका व्यवसायी बीमाको दायरामा आएका छन् । सो व्यवसाय आफैँमा अत्यन्तै संवेदनशील व्यवसाय भएकाले बीमा अत्यावश्यक रहेको माग रहँदै आएको थियो ।
सोही मागअनुसार नै यस व्यवसायमा आबद्ध व्यवसायीका लागिसमेत थप सहज भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरूपमा बीमाका क्षेत्रमा काम गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी वयवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरूपमा बीमा गरी व्यावसायिक लाभ लिन सक्नेछन् ।
देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिनसक्ने उनले बताए । कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमा आबद्ध व्यवसायी लाभान्वित हुने उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार